Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

bahsegel giriş bahsegel bahsegel bettilt-app.com bahsegel bahsegel bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş paribahis

कात्तिक ११ देखि १५ गतेसम्म भारी वर्षा र हिमपातको जोखिम, उच्च हिमाली क्षेत्रमा नजान विभागको आग्रह

कात्तिक ११ देखि १५ गतेसम्म भारी वर्षा र हिमपातको जोखिम, उच्च हिमाली क्षेत्रमा नजान विभागको आग्रह
A A+ A-

काठमाडौं। पर्यटन विभागले कात्तिक ११ देखि १५ गतेसम्म देशका विभिन्न स्थानमा भारी वर्षा तथा हिमाली क्षेत्रमा हिमपात र हिमपहिरोको जोखिम रहेको भन्दै पर्यटक तथा पर्वतारोहीलाई उच्च हिमाली क्षेत्रमा नजान आग्रह गरेको छ।

नेपाल मौसम विज्ञान विभागको मौसम बुलेटिनअनुसार उक्त अवधिमा मेघगर्जन, चट्याङ र हावाहुरीसहित भारी वर्षा हुन सक्ने सम्भावना छ। प्रतिकूल मौसमका कारण बाढी, पहिरो तथा भूक्षयको जोखिम बढ्नुका साथै हिमाली क्षेत्रमा हिमआँधी र हिमपहिरोसमेत जान सक्ने पूर्वानुमान गरिएको छ।

मौसम प्रतिकूल हुँदा पदयात्रा तथा हिमाल आरोहण प्रभावित हुन सक्ने भएकाले विभागले उच्च हिमाली क्षेत्रमा जाने योजना स्थगित गर्न र त्यहाँ पुगिसकेका पर्यटक तथा पर्वतारोहीलाई आवश्यक सतर्कता अपनाउन अनुरोध गरेको छ। साथै, आधिकारिक निकायबाट जारी हुने मौसमसम्बन्धी अद्यावधिक सूचना हेरेर मात्र यात्रा योजना बनाउन आग्रह गरिएको छ।

यसैबीच, खुम्बु, मनाङलगायतका हिमाली क्षेत्र तथा काठमाडौं र पोखरास्थित स्वास्थ्य संस्थामा उच्च हिमाली क्षेत्रमा देखिने स्वास्थ्य समस्या एक्युट माउन्टेन सिकनेस (एएमएस) को उपचार सेवा सहज र निरन्तर उपलब्ध गराउन पर्यटन विभागले सम्बन्धित निकायलाई अपिल गरेको छ।

विभागले प्रतिकूल मौसमबाट हुन सक्ने सम्भावित जोखिमलाई ध्यानमा राख्दै पर्यटक, पदयात्री तथा पर्वतारोहीलाई सुरक्षित रहन र सम्बन्धित निकायका निर्देशन पालना गर्न आग्रह गरेको छ।

2