Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

bahsegel giriş bahsegel bahsegel bettilt-app.com bahsegel bahsegel bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş paribahis

आधुनिकतासँगै हराउँदै काठका सामग्री प्रयोग गर्ने चलन

आधुनिकतासँगै हराउँदै काठका सामग्री प्रयोग गर्ने चलन
A A+ A-

भोजपुर। आधुनिकताको प्रभाव र बजारको सहज पहुँचसँगै भोजपुरका गाउँघरमा परम्परागत काठका भाँडाकुँडा प्रयोग गर्ने चलन हराउँदै गएको छ ।

एक समय गाउँघरमा दूध, दही तथा घिउ राख्न अनिवार्य मानिने काठका ठेकी, हर्पे र दुदेरालोगायतका सामग्री लोप हुने अवस्थामा पुगेका हुन् ।

पहिले गाउँघरमै स्थानीय स्रोत र सीपको प्रयोग गरी यी सामग्री उत्पादन गर्ने प्रचलन थियो । विशेषगरी पशुपालन गर्ने परिवारमा काठका सामग्री घरायसी प्रयोजनको मुख्य अङ्ग थिए । तर, पछिल्लो समय बजारमा प्लास्टिक, स्टिल तथा अन्य धातुबाट बनेका आधुनिक भाँडाकुँडा सहजै उपलब्ध हुन थालेपछि काठका सामग्री विस्थापित बन्दै गएका छन् ।

टेम्केमैयुङ गाउँपालिका–५ का स्थानीय रामबहादुर विष्टका अनुसार आधुनिकतासँगै मानिसको जीवनशैली फेरिएपछि काठका सामग्री बनाउने र प्रयोग गर्ने चलन तीव्र रूपमा घटेको छ । यसले परम्परागत सीप र मौलिक पहिचानसमेत सङ्कटमा पारेको उनको भनाइ छ ।

अर्का स्थानीय पदमबहादुर बस्नेतले दैनिक जीवनलाई सहज बनाउन आधुनिक विकल्प उपयोगी भए पनि यसले पुस्तौँदेखि हस्तान्तरण हुँदै आएको पुर्ख्यौली सीपको निरन्तरतामा ठूलो चुनौती थपेको बताए । काठका सामग्री बनाउन काठको छनोटदेखि लिएर विभिन्न आकार दिन विशेष सीप र लामो अनुभवको आवश्यकता पर्छ । नयाँ पुस्ताको आकर्षण अन्य पेसा र आधुनिक जीवनशैलीतर्फ बढेका कारण यस्ता पेसामा संलग्न हुने नयाँ जनशक्ति पाउनसमेत मुस्किल हुँदै गएको छ ।

स्थानीय स्रोतसाधन, परम्परागत सीप र गाउँघरको मौलिक पहिचानसँग जोडिएका यी सामग्रीको संरक्षण गर्नुपर्ने आवश्यकता स्थानीय बासिन्दाले औँल्याएका छन् । परम्परागत सामग्रीको निर्माण र प्रयोगलाई राज्य तथा स्थानीय स्तरबाट प्रोत्साहन गर्न सके सांस्कृतिक पहिचान जोगाउनुका साथै स्थानीय सीपको समेत जगेर्ना गर्न सकिने जानकारहरूको सुझाव छ ।

2