काठमाडौं। नेपाली बजारमा आज सुनको मूल्य बढेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोलामा ३ सय रुपैयाँले बढेर २ लाख ८३ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ। अघिल्लो दिन बुधबार सुनको मूल्य प्रतितोला २ लाख ८३ हजार २०० रुपैयाँमा कारोबार भएको थियो।
यस्तै, आज चाँदीको मूल्य भने घटेको छ। महासंघका अनुसार आज चाँदीको मूल्य प्रतितोलामा ५० रुपैयाँले घटेर ३ हजार ९ सय ३० रुपैयाँमा कारोबार भइरहेको छ। अघिल्लो दिन बुधबार चाँदीको मूल्य प्रतितोला ३ हजार ९ सय ८० रुपैयाँमा कारोबार भएको थियो ।
