Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

bahsegel giriş bahsegel bahsegel bettilt-app.com bahsegel bahsegel bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş paribahis

कर्णालीका हिमाली जिल्लामा हिमपात, जनजीवन प्रभावित

कर्णालीका हिमाली जिल्लामा हिमपात, जनजीवन प्रभावित
हिल्सा नाकामा हिमपात हुम्ला,कार्तिक १४ रासस: शुक्रबार साँझबाट परेकाे अविरल वर्षासँगै हिमपातपछि शनिबार बिहान सेताम्मे हिल्सा नाका । तस्बिर कालीबहादुर थापा रासस
A A+ A-

कर्णाली। कर्णालीका हिमाली जिल्लाका उच्च भागमा हिमपात हुँदा जनजीवन प्रभावित भएको छ । माथिल्लो कर्णालीमा पर्ने हुम्ला, मुगु, जुम्ला, डोल्पा र कालीकोटका उच्च भागमा हिमपात भएको हो ।

डोल्पाको शे–फोक्सुण्डो, डोल्पो बुद्ध र छार्का ताङसोङ गाउँपालिकामा हिमपात हुनुका साथै हुम्लाको नाम्खा, मुगुको मुगुम कार्मारोङ, जुम्लाको पातारासी, तातोपानी, कनकासुन्दरी गाउँपालिका र कालीकोटको तिलागुफा नगरपालिकामा हिमपात भइरहेको स्थानीयले बताएका छन् ।

जिल्ला प्रशासन कार्यालय डोल्पाका प्रमुख जिल्ला अधिकारी जुनु हमाल ढकालले तल्लो डोल्पामा वर्षा र माथिल्लो डोल्पामा पर्ने शे–फोक्सुण्डो, डोल्पो बुद्ध र छार्का ताङसोङ गाउँपालिकामा हिमपात भइरहेको बताए ।

उनका अनुसार माथिल्लो डोल्पामा १२ कात्तिकदेखि सबै पदयात्रीलाई जान रोक लगाइएको र गएकाहरू सबैको अवस्थाबारे सूचना लिने काम भइरहेको छ ।

विपत्‌ जोखिम आकलन गरी त्यसबाट सम्भावित क्षति हुन नदिन कमान्ड पोस्टको बैठक बसेर जिल्ला आपत्कालीन कार्य सञ्चालन केन्द्र, सुरक्षा निकाय, स्वास्थ्य, खानेपानी, पूर्वाधार विकास कार्यालय, स्थानीय आपत्कालीन कार्य सञ्चालन केन्द्रलगायत सबै सरोकारवाला निकायसँग समन्वय गरेर उद्धार तथा राहतका लागि तयारी अवस्थामा रहेको प्रमुख जिल्ला अधिकारी हमालले जानकारी दिए ।

जिल्ला प्रशासन कार्यालय मुगुका प्रमुख जिल्ला अधिकारी पोषणराज भण्डारीले शुक्रबार बेलुका ५ः०० बजेदेखि मध्यम खालको वर्षा निरन्तर भइरहँदा पहिरो जाने खतरा रहेकाले आजका लागि सवारी आवागमन रोक्न प्रहरी खटाइएको बताए ।

मुगुमा टेलिफोनको नेटवर्क र प्रहरी सञ्चार राम्रोसँग नलागेको बताउँदै उनले जिल्ला विपत्‌ व्यवस्थापन समितिको बैठक बसेर केही जोखिमपूर्ण घटना घटेमा समाधान र उद्धारका लागि सरोकारवाला निकायलाई तयारी अवस्थामा रहन समन्वय गरिएको बताए ।

जिल्ला प्रशासन कार्यालय हुम्लाका प्रमुख जिल्ला अधिकारी भोलानाथ गुरागाईंले हिमपातले नाम्खा गाउँपालिकाको हिल्सा, लिमी र लाप्चाको बाटो बन्द भएको जानकारी दिए ।

जोखिम क्षेत्रका बासिन्दालाई यो वर्षा र हिमपातको तीन दिनमा सुरक्षित स्थानमा व्यवस्थापन गरिएको बताउँदै उनले कमान्ड पोस्टको बैठकबाट सुरक्षा निकाय, रेडक्रस, स्वास्थ्य, खानेपानी र स्थानीय तहलगायत सरोकारवाला निकाय खोज तथा उद्धारका लागि तयारी अवस्थामा रहने निर्णय गरिएको जनाए ।

2