बागलुङ। बागलुङ नगरपालिका-१ रामरेखाको मैनडाँडामा तिहारलाई लक्षित गरी सयपत्री फूलको व्यावसायिक उत्पादन गरिएको छ।
स्थानीय किसान कमला थापाले विगत तीन वर्षदेखि तीनवटा प्लास्टिक टनेलमा मौसमी तथा बेमौसमी फूलखेती गर्दै आउनुभएको छ।
अहिले उहाँ तिहारको समयमा बिक्रीका लागि तयार पारिएका सयपत्री फूलहरूको बजारीकरणको तयारीमा हुनुहुन्छ।
थापाले बेमौसमी समयमा उत्पादन गरेका फूलहरू यसअघि नजिकै रहेको कालिका मन्दिरमा आउने भक्तजनहरूलाई बिक्री गर्दै आउनुभएको थियो।
अहिले तिहार नजिकिएसँगै उहाँले व्यावसायिक रूपमा उत्पादन गरेको फूल बिक्री गर्ने योजना बनाउनुभएको छ।
