Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

bahsegel giriş bahsegel bahsegel bettilt-app.com bahsegel bahsegel bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş paribahis

युवाका लागि निःशुल्क एआई तालिम, आवेदन खुला

युवाका लागि निःशुल्क एआई तालिम, आवेदन खुला
A A+ A-

काठमाडौं- युवा, श्रम तथा रोजगार मन्त्रालयअन्तर्गतको राष्ट्रिय व्यावसायिक प्रशिक्षण प्रतिष्ठानले युवाहरूलाई कृत्रिम बुद्धिमत्ता (एआई) सम्बन्धी व्यावहारिक सीप सिकाउने उद्देश्यले निःशुल्क अनलाइन तालिम सञ्चालन गर्ने भएको छ। ‘एआईको प्रभावकारी प्रयोग तथा प्रम्प्ट लेखन’ विषयक यो तालिम आगामी कात्तिक १८ र १९ गते सञ्चालन हुनेछ।

तालिम बिहान १० देखि १२ बजे र बेलुका ६ देखि ८ बजेसम्म गरी चारवटा सत्रमा सञ्चालन हुनेछ। प्रत्येक सत्रमा ५०० जनाका दरले कुल २,००० जना सहभागी हुन सक्नेछन्। तालिममा च्याटजीपीटी र क्लड जस्ता एआई उपकरणको प्रयोग, प्रम्प्ट लेखन, इमेल तथा टिपोट तयारी, तस्बिर र भिडियो निर्माण तथा एआईको जिम्मेवार प्रयोगबारे सिकाइनेछ।

युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादवले एआईसम्बन्धी ज्ञान केही व्यक्तिमा मात्र सीमित नभई देशभरका युवाको पहुँचमा पुग्नुपर्ने बताए। उनले भने, ‘प्रविधिको विकाससँगै यसबाट सिर्जना हुने अवसरहरू देशभरका सबै युवाको पहुँचमा पुग्नुपर्छ। त्यसैले यो निःशुल्क अनलाइन तालिम एआई सम्बन्धी आधारभूत ज्ञान र व्यावहारिक सीप प्रदान गर्ने उद्देश्यले सञ्चालन गरिएको हो।’

मन्त्रालयले अनलाइन माध्यमबाट प्रत्यक्ष तालिम सञ्चालन गर्न लागेको यो पहिलो पटक हो। यसबाट प्राप्त अनुभवले भविष्यमा थप सीपमूलक तालिमहरूको पहुँच विस्तार गर्न मद्दत पुग्ने मन्त्रालयको अपेक्षा छ। इच्छुक व्यक्तिहरूले अनलाइनमार्फत आवेदन दिन सक्नेछन् र आफूलाई तोकिएको सत्रको जानकारी तालिम सुरु हुनुअघि उपलब्ध गराइनेछ।

2