Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

bahsegel giriş bahsegel bahsegel bettilt-app.com bahsegel bahsegel bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş paribahis

एनएमबि बैंकको नाफा २७.११ प्रतिशतले वृद्धि

एनएमबि बैंकको नाफा २७.११ प्रतिशतले वृद्धि
A A+ A-

काठमाडौं: एनएमबि बैंक लिमिटेडले चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो तीन महिनामा १.१६ अर्ब रुपैयाँ खुद नाफा आर्जन गरेको छ। गत आर्थिक वर्षको सोही अवधिको तुलनामा बैंकको नाफा २७.११ प्रतिशतले बढेको हो। गत वर्षको पहिलो त्रैमासमा बैंकले ९१ करोड ६० लाख रुपैयाँ नाफा कमाएको थियो।

बैंकको वार्षिकीकरण गरिएको प्रतिशेयर आम्दानी (ईपीएस) २५.४२ प्रतिशतले बढेर २३.८३ रुपैयाँ पुगेको छ। त्यस्तै, प्रतिशेयर वितरणयोग्य नाफा पनि ४३.८८ प्रतिशतले बढेर ११.६४ रुपैयाँ कायम भएको छ। बैंकको सञ्चालन नाफा २६.१७ प्रतिशतले वृद्धि भई १.८९ अर्ब रुपैयाँ पुगेको छ।

यस अवधिमा बैंकको कर्जा र निक्षेप दुवैमा वृद्धि देखिएको छ। बैंकको कुल कर्जा ८ अर्ब ९ करोड रुपैयाँले बढेर २ खर्ब ७६ अर्ब ४ करोड रुपैयाँ पुगेको छ। त्यस्तै, कुल निक्षेप ६ अर्ब ३ करोड रुपैयाँले बढेर ३ खर्ब २४ अर्ब रुपैयाँ पुगेको छ। बैंकको कर्जा वृद्धिदर उद्योगको औसतभन्दा माथि रहेको छ।

कर्जाको गुणस्तरमा पनि सुधार आएको छ। बैंकको खराब कर्जा अनुपात अघिल्लो त्रैमासको ४.९७ प्रतिशतबाट घटेर ४.९२ प्रतिशतमा झरेको छ। सम्भावित नोक्सानी व्यवस्थापन खर्च (इम्पियरमेन्ट चार्ज) २९.६६ प्रतिशतले घटेर ५० करोड २१ लाख ८० हजार रुपैयाँमा सीमित भएको छ। बैंकको पुँजी कोष अनुपात १२.५३ प्रतिशत रहेको छ।

2