Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

bahsegel giriş bahsegel bahsegel bettilt-app.com bahsegel bahsegel bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş paribahis

वाणिज्य बैंकहरूको नाफा ४५.६ प्रतिशतले बढ्यो

वाणिज्य बैंकहरूको नाफा ४५.६ प्रतिशतले बढ्यो
A A+ A-

काठमाडौं: चालू आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमासिक अवधिमा नेपालका २० वाणिज्य बैंकहरूको खुद नाफा ४५.६ प्रतिशतले बढेको छ। साउन, भदौ र असोज महिनामा बैंकहरूले कुल १९ अर्ब १४ करोड ५४ लाख रुपैयाँ खुद नाफा आर्जन गरेका छन्। गत आर्थिक वर्षको सोही अवधिमा बैंकहरूको कुल नाफा १३ अर्ब १४ करोड ९७ लाख रुपैयाँ थियो।

बैंकहरूको नाफामा देखिएको यो सुधार कर्जा व्यवसाय विस्तारभन्दा पनि मुख्यतया प्रोभिजनिङ (कर्जा नोक्सानी व्यवस्थापन) घट्नु र निक्षेपको लागत कम हुनुको परिणाम हो। पछिल्ला केही वर्षयता कर्जा प्रवाह सुस्त रहेकाले बैंकहरूको ब्याज आम्दानीमा अझै दबाब कायमै छ। यद्यपि, निक्षेपको ब्याजदर घट्दा कोष लागत कम हुनु र कर्जा असुलीमा सुधार आउँदा प्रोभिजनिङका लागि छुट्याउनुपर्ने रकम घट्नुले बैंकहरूको नाफा बढाउन मद्दत गरेको छ। यसका साथै सेवा शुल्क तथा कमिसनबाट प्राप्त आम्दानीमा भएको वृद्धिले पनि सकारात्मक योगदान पुर्‍याएको छ।

नाफाको आकारका आधारमा नबिल बैंक २ अर्ब ५५ करोड ५१ लाख रुपैयाँसहित पहिलो स्थानमा छ। त्यसैगरी, ग्लोबल आइएमई बैंकले २ अर्ब ३१ करोड ३८ लाख र राष्ट्रिय वाणिज्य बैंकले १ अर्ब ६४ करोड ९६ लाख रुपैयाँ नाफा कमाएका छन्। नाफा वृद्धिदरका हिसाबले नेपाल इन्भेस्टमेन्ट मेगा बैंक सबैभन्दा अगाडि देखिएको छ।

यद्यपि, सबै बैंकको अवस्था समान छैन। स्ट्यान्डर्ड चार्टर्ड, हिमालयन र प्राइम कमर्सियल बैंकको नाफा गत वर्षको तुलनामा घटेको छ। सिटिजन्स बैंक भने अघिल्लो वर्षको घाटाबाट यस वर्ष नाफामा फर्किएको छ। विज्ञहरूका अनुसार कर्जा प्रवाहको गतिमा सुधार नआएसम्म र आम्दानीका स्रोतहरू फराकिलो नबनेसम्म यो नाफा वृद्धिको दिगोपनमा चुनौती देखिन्छ।

2