Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

bahsegel giriş bahsegel bahsegel bettilt-app.com bahsegel bahsegel bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş paribahis bahsegel güncel giriş

एनआईसी एसिया बैंकलाई ५० प्रतिशत हकप्रद सेयर जारी गर्न अनुमति

एनआईसी एसिया बैंकलाई ५० प्रतिशत हकप्रद सेयर जारी गर्न अनुमति
A A+ A-

काठमाडौं। एनआईसी एसिया बैंकले ५० प्रतिशत हकप्रद सेयर निष्काशन गर्ने अनुमति पाएको छ।

नेपाल धितोपत्र बोर्ड (सेबोन) को कात्तिक १७ गते बसेको सञ्चालक समिति बैठकले बैंकलाई हकप्रद सेयर जारी गर्न पूर्वस्वीकृति दिएको हो। यसअघि बैंकले नेपाल राष्ट्र बैंकबाट अनुमति लिएर सेबोनमा आवेदन दिएको थियो।

बोर्डको स्वीकृतिसँगै बैंकले हाल कायम चुक्ता पुँजीको ५० प्रतिशत अर्थात् १ः०.५० अनुपातमा हकप्रद सेयर जारी गर्ने बाटो खुलेको छ।

यसअनुसार बैंकका दुई कित्ता सेयर हुने सेयरधनीले थप एक कित्ता हकप्रद सेयरका लागि आवेदन दिन पाउनेछन्। बैंकले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका दरले कुल ७ करोड ४५ लाख ८७ हजार ८३५ कित्ता हकप्रद सेयर निष्काशन गर्नेछ। यस प्रक्रियाबाट बैंकले ७ अर्ब ४५ करोड ८७ लाख ८३ हजार ५०० रुपैयाँ पुँजी जुटाउने लक्ष्य राखेको छ।

बैंकले हकप्रद सेयर निष्काशन तथा बिक्री प्रबन्धकको जिम्मेवारी एनआईएमबी एस क्यापिटल लिमिटेडलाई दिएको छ। सेबोनले प्रस्ताव स्वीकृत गरे पनि औपचारिक पत्र जारी गर्ने प्रक्रियामा रहेको जनाएको छ।

औपचारिक पत्र प्राप्त भएपछि बैंकले हकप्रद सेयर निष्कासनको मिति, बुक क्लोज तथा आवेदन प्रक्रियासम्बन्धी आवश्यक विवरण सार्वजनिक गर्नेछ।

2