Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

bahsegel giriş bahsegel bahsegel bettilt-app.com bahsegel bahsegel bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş paribahis bahsegel güncel giriş

नेपाल बैंकका क्रेडिट कार्ड प्रयोगकर्तालाई शून्य डाउन पेमेन्टमा किस्ताबन्दी सुविधा

नेपाल बैंकका क्रेडिट कार्ड प्रयोगकर्तालाई शून्य डाउन पेमेन्टमा किस्ताबन्दी सुविधा
A A+ A-

काठमाडौं। नेपाल बैंक लिमिटेडले आफ्ना क्रेडिट कार्ड प्रयोगकर्ताहरूका लागि शून्य प्रतिशत डाउन पेमेन्टमा किस्ताबन्दी सुविधा सार्वजनिक गरेको छ।

बैंकले ‘बाइ नाउ पे लेटर’ सेवा प्रदायक फिनटेक कम्पनी फिनटारा सोलुसन्ससँग व्यावसायिक सम्झौता गर्दै यो सुविधा ल्याएको हो।

काठमाडौंस्थित बैंकको केन्द्रीय कार्यालयमा आयोजित एक कार्यक्रममा दुवै संस्थाका प्रतिनिधिहरूले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन्।

यो सम्झौतासँगै नेपाल बैंकका क्रेडिट कार्ड प्रयोगकर्ताहरूले वनबीएनपीएलको सञ्जालमा उपलब्ध वस्तु तथा सेवा खरिद गर्दा एकमुष्ट रकम तिर्नुपर्ने बाध्यता हट्ने भएको छ। ग्राहकले आफूलाई आवश्यक पर्ने सामान खरिद गरी ३ देखि १८ महिनासम्मको किस्तामा भुक्तानी गर्न सक्नेछन्।

बैंकका अनुसार यो सुविधा वनबीएनपीएलसँग आबद्ध १५० भन्दा बढी अनलाइन तथा अफलाइन व्यापारिक प्रतिष्ठानहरूमा उपलब्ध हुनेछ। यसमा खुद्रा पसल, मोबाइल तथा ग्याजेट स्टोर, घरायसी उपकरण, अस्पताल, रिसोर्ट र भ्रमण प्याकेज जस्ता क्षेत्रहरू समेटिएका छन्।

नेपाल बैंकका प्रमुख कर्जा अधिकृत प्रदीप कुमार पाठकले फिनटेक कम्पनीसँगको साझेदारीमार्फत ग्राहकलाई आधुनिक डिजिटल सेवा उपलब्ध गराउने बैंकको योजना रहेको बताए।

फिनटारा सोलुसन्सका कार्यकारी निर्देशक आशिष शर्माले सरकारी बैंकसँगको यो साझेदारीले कर्जामा सहज पहुँच पुर्‍याउन मद्दत गर्ने विश्वास व्यक्त गरे।

कार्यक्रममा बैंकका रिटेल कर्जा विभाग प्रमुख अर्जुन बहादुर कँडेल र कार्ड विभाग प्रमुख दीपक रेग्मीले ग्राहकको बदलिँदो आवश्यकतालाई सम्बोधन गर्न यो सेवा महत्त्वपूर्ण हुने उल्लेख गरे।

2