Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

bahsegel giriş bahsegel bahsegel bettilt-app.com bahsegel bahsegel bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş paribahis bahsegel güncel giriş

गरिमा विकास बैंकले बालुवाटारमा खोल्यो १२७औँ शाखा

गरिमा विकास बैंकले बालुवाटारमा खोल्यो १२७औँ शाखा
A A+ A-

काठमाडौं: गरिमा विकास बैंक लिमिटेडले काठमाडौंको बालुवाटारमा आफ्नो १२७औँ शाखा कार्यालय सञ्चालनमा ल्याएको छ। बैंकले स्थापनाको १९औँ वर्ष प्रवेशको अवसर पारेर बुधबारदेखि काठमाडौं महानगरपालिका-३, बालुवाटारस्थित केन्द्रीय कार्यालय भवनबाट नै नयाँ शाखाको सुरुवात गरेको हो।

उक्त शाखाको उद्घाटन नेपाल राष्ट्र बैंकको वित्तीय संस्था सुपरिवेक्षण विभागका कार्यकारी निर्देशक विश्रुत थापाले गरेका हुन्। उद्घाटन कार्यक्रम बैंकका अध्यक्ष दिलीपप्रताप खाँणको अध्यक्षतामा सम्पन्न भएको थियो।

बैंकले जनाएअनुसार यो नयाँ शाखाबाट ग्राहकले नियमित बैंकिङ सेवाका अतिरिक्त एटीएम, लकर तथा विदेशी मुद्रा सटहीजस्ता सुविधाहरू प्राप्त गर्न सक्नेछन्। बैंकले आफ्नो शाखा सञ्जाल विस्तारलाई वित्तीय पहुँच अभिवृद्धि गर्ने, वित्तीय समावेशीकरणलाई सुदृढ बनाउने र ग्राहकलाई सहज तथा विश्वसनीय सेवा उपलब्ध गराउने माध्यमका रूपमा लिएको छ।

बैंकले शाखा विस्तारलाई भौगोलिक उपस्थितिको वृद्धिका साथै स्थानीय आर्थिक गतिविधिको प्रवर्द्धन, उद्यमशीलताको विकास, बचत परिचालन तथा उत्पादनशील क्षेत्रमा वित्तीय पहुँच पुर्‍याउने माध्यमका रूपमा लिएको जनाएको छ। बालुवाटारमा सञ्चालनमा आएको यस शाखाले व्यक्तिगत तथा संस्थागत ग्राहकलाई वित्तीय सेवा उपलब्ध गराउन सहयोग पुग्ने बैंकको विश्वास छ।

नेपाल राष्ट्र बैंकबाट ‘ख’ वर्गको वित्तीय संस्थाका रूपमा मान्यताप्राप्त गरिमा विकास बैंकले हाल सातै प्रदेशमा फैलिएको शाखा सञ्जालमार्फत करिब १० लाख ग्राहकलाई सेवा प्रदान गर्दै आएको छ।

2