Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

bahsegel giriş bahsegel bahsegel bettilt-app.com bahsegel bahsegel bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş paribahis bahsegel güncel giriş bahsegel

नेपाल लाइफको क्रेडिट रेटिङ ‘डबल ए’ मा स्तरोन्नति

नेपाल लाइफको क्रेडिट रेटिङ ‘डबल ए’ मा स्तरोन्नति
A A+ A-

काठमाडौं: नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको क्रेडिट रेटिङमा सुधार भएको छ। इक्रा नेपालले कम्पनीको वित्तीय अवस्था, सोल्भेन्सी प्रोफाइल, लगानी संरचना, बजार उपस्थिति र व्यवस्थापकीय सबलताको मूल्याङ्कन गर्दै रेटिङ बढाएर ‘डबल ए’ कायम गरेको छ।

यसअघि कम्पनीले ‘डबल ए माइनस’ रेटिङ पाएको थियो। इक्रा नेपालका अनुसार ‘डबल ए’ रेटिङ प्राप्त संस्थाले आफ्नो वित्तीय दायित्व समयमै पूरा गर्न सक्ने उच्च क्षमता राख्छन् र त्यस्ता संस्थामा क्रेडिट जोखिम अत्यन्त न्यून हुन्छ। कम्पनीको सोल्भेन्सी अनुपात अघिल्लो अवधिको करिब १४५ प्रतिशतबाट बढेर १५४ प्रतिशत पुगेको छ, जुन नियामक निकायले तोकेको न्यूनतम १३० प्रतिशतको सीमाभन्दा बढी हो। आर्थिक वर्ष २०२५/२६ मा कम्पनीले करिब ५४ अर्ब रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ।

कम्पनीको जीवन बीमा कोष करिब २७३ अर्ब रुपैयाँ र पोलिसी लोनसहित कुल लगानी करिब २८५ अर्ब रुपैयाँ पुगेको छ। सन् २००१ देखि सञ्चालित कम्पनीको देशभर १९६ वटा शाखा तथा उपशाखा कार्यालयहरू रहेका छन्। कम्पनीले जोखिम व्यवस्थापनका लागि नेपाल पुनर्बीमा कम्पनी र हिमालयन रिइन्स्योरेन्ससँग पुनर्बीमा सम्झौता गरेको छ भने करिब एक अर्ब ५४ करोड रुपैयाँको विपत् जगेडा कोषसमेत राखेको छ।

कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रवीण रमण पराजुलीले यो उपलब्धि निरन्तर सुधार, वित्तीय अनुशासन र सरोकारवालाको विश्वासको प्रतिफल भएको बताए। उनले आगामी दिनमा लगानी विविढीकरण र विवेकपूर्ण जोखिम व्यवस्थापनलाई प्राथमिकता दिने प्रतिबद्धता व्यक्त गरेका छन्।

2