Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

bahsegel giriş bahsegel bahsegel bettilt-app.com bahsegel bahsegel bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş paribahis bahsegel güncel giriş bahsegel

तिहारका लागि भक्तपुरमा ५ लाख माटोका दियो उत्पादन

तिहारका लागि भक्तपुरमा ५ लाख माटोका दियो उत्पादन
A A+ A-

काठमाडौं: तिहार नजिकिएसँगै भक्तपुरका कुमाल समुदायलाई माटोका दियो र पाला बनाउन भ्याइनभ्याई भएको छ। तिहारमा घर र आँगन झिलिमिली पार्न प्रयोग गरिने माटोका दियोको माग उच्च हुने भएकाले स्थानीय प्रजापति परिवारहरू केही महिना अघिदेखि नै उत्पादनमा जुटेका थिए।

स्थानीय रोशन प्रजापतिका अनुसार यस वर्ष करिब ५ लाख दियो र पाला तयार पारिएको छ। यति ठूलो संख्यामा उत्पादन गर्न करिब एक वर्षको समय लाग्ने उनले बताए। माटोका भाँडा बनाउन घाम लाग्ने मौसम उपयुक्त हुने भएकाले हिउँदको समयमा बढी काम गरिन्छ। दियो बनाउन प्रयोग गरिने विशेष माटो साँखु, हरिसिद्धि, दुवाकोट र कतिपय अवस्थामा तराईबाट समेत ल्याइने गरिन्छ।

उत्पादन प्रक्रियाबारे जानकारी दिँदै रोशनले भने, ‘यसपालि हामीले करिब ५ लाख जति दियो-पाला बनाएका छौँ। यति धेरै संख्यामा बनाउन करिब एक वर्ष नै लाग्छ।’ माटोलाई आकार दिएपछि दुई-तीन दिन घाममा सुकाएर परम्परागत भट्टीमा तीन दिनसम्म पोलेपछि मात्रै दियो प्रयोगका लागि तयार हुन्छ।

भक्तपुरमा उत्पादित यी सामग्री काठमाडौं हुँदै देशका विभिन्न जिल्लामा पुग्ने अर्का स्थानीय विकास प्रजापतिले बताए। उनले भने, ‘हामीले यहाँबाट काठमाडौं पठाउँछौँ, त्यहाँबाट देशभरका बजारहरूमा पुग्छ। यहाँ करिब ६० देखि ७० परिवार यही पेसामा संलग्न छन्।’

परम्परागत रूपमा चल्दै आएको यो पेसामा नयाँ पुस्ताको पनि साथ देखिएको छ। १७ वर्षीय साइमन प्रजापति कलेज बिदाको समयमा परिवारलाई सघाउँदै दिनमा २०० देखि ३०० वटासम्म दियो बनाउँछन्। उनले भने, ‘घरमै बसेर आफ्नै परम्परागत सीप सिक्न पाउँदा र काम गर्न पाउँदा खुसी लाग्छ।’

बजारमा विद्युतीय बत्ती र प्लास्टिकका सामग्री भित्रिए पनि सांस्कृतिक महत्व बुझ्नेहरूले अझै पनि माटाकै पालामा बत्ती बाल्न रुचाउने व्यवसायीहरूको अनुभव छ।

2