काठमाडौं। नेपाली बजारमा आज (बिहीबार) सुनचाँदीको मूल्यमा ह्वातै वृद्धि भएको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोलामा १३ हजार ३०० सय रुपैयाँले बढेर दुई लाख ८८ हजार ९ सय रुपैयाँ कायम भएको छ। अघिल्लो कारोबार दिन बुधबार सुनको मूल्य प्रतितोला दुई लाख ७५ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो।
यस्तै, आज चाँदीको मूल्य प्रतितोला २६५ रुपैयाँले बढेको छ। आज चाँदीको मूल्य तीन हजार ९२० रुपैयाँ कायम भएको छ। बुधबार चाँदी प्रतितोला तीन हजार ६५५ रुपैयाँमा कारोबार भएको थियो।
