Logo

ग्राहकलाई ठगी गरेको आरोपमा १८ कम्पनीमाथि कारबाही

अ+ अ-

काठमाडौं- उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयअन्तर्गत वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले १८ वटा कम्पनीलाई निर्देशन तथा कारबाही गरेको छ।

अनुगमनका क्रममा विभागले प्रिमियर अटोमोबाइसल्स प्रालिलाई ९० हजार रुपैयाँ जरिवाना तिराएको छ। यस्तै कम्पनीलाई तीन दिनभित्र सबै कागजात लिएर हाजिर हुन निर्देशन दिएको छ।

यस्तै, फ्रेण्डस एण्ड कम्पनी प्रालि, कल्पना गिफ्ट सप, कृष्ण श्रेष्ठ टेलरिङ सेन्टर, राजेश हार्डवेयर प्रालि रहेका छन्। यी कम्पनीलाई जरिवानासँगै सम्बन्धित सबै कागजात लिएर हाजरि हुन निर्देशन दिएको हो।