काठमाडौं। कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आइतबार सार्वजनिक गरेको मूल्यसूची अनुसार डल्ले च्याउको मूल्यमा उच्च वृद्धि भएको छ।
बजारमा डल्ले च्याउको मूल्य प्रतिकिलो १ सय ५ रुपैयाँले बढेर ४ सय २५ रुपैयाँ पुगेको छ। यसअघि डल्ले च्याउको मूल्य ३ सय २० रुपैयाँ थियो।
समितिका अनुसार अधिकांश तरकारीको मूल्य भने स्थिर छ। बजारमा ठूलो भारतीय र नेपाली गोलभेँडाको औसत मूल्य प्रतिकिलो ६५ रुपैयाँ कायम गरिएको छ। टनेलको सानो गोलभेँडाको मूल्य भने २५ रुपैयाँ छ।
त्यसैगरी रातो आलु ५७ रुपैयाँ ५० पैसा, भारतीय सुकेको प्याज ९० रुपैयाँ, लोकल गाँजर ९० रुपैयाँ, लोकल बन्दा ३० रुपैयाँ र स्थानीय काउली ३५ रुपैयाँ प्रतिकिलोमा कारोबार भइरहेको छ। हाइब्रिड मुला ४३ रुपैयाँ ३३ पैसा, लाम्चो भन्टा ३५ रुपैयाँ र डल्ले भन्टा ५५ रुपैयाँ प्रतिकिलो तोकिएको छ।
अन्य तरकारीहरूमा तने बोडी ८० रुपैयाँ, मकै बोडी ४५ रुपैयाँ, लौका ४५ रुपैयाँ, लोकल परबल ५५ रुपैयाँ, करेला ७५ रुपैयाँ, घिरौँला ३५ रुपैयाँ, हरियो डल्ले फर्सी ३५ रुपैयाँ, पाकेको फर्सी ६५ रुपैयाँ, भिन्डी ८० रुपैयाँ र रायोको साग ३५ रुपैयाँ प्रतिकिलो छ। साथै, पालुंगोको साग १ सय रुपैयाँ, कन्य च्याउ १ सय १५ रुपैयाँ, कुरिलो ७ सय ५० रुपैयाँ र ब्रोकाउली ९५ रुपैयाँ प्रतिकिलोमा बिक्री भइरहेको छ।
समितिले सार्वजनिक गरेको यो मूल्य थोक बजारको हो। खुद्रा बजारमा भने यी तरकारीहरूको मूल्य केही बढी हुन सक्नेछ।
