काठमाडौं। पश्चिमी वायुको आंशिक प्रभावका कारण आज देशका हिमाली तथा पहाडी भूभागमा आंशिक बदली रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
महाशाखाका अनुसार हिमाली क्षेत्रका एक-दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ।
हाल देशको हिमाली भूभागमा आंशिक बदली रहेको छ भने बाँकी भूभागमा मौसम मुख्यतया सफा छ।
आज दिउँसो पनि हिमाली र पहाडी भेगमा आंशिक बदली रहने र तराईका भूभागमा मौसम सामान्यतया सफा रहने विभागले उल्लेख गरेको छ।
त्यस्तै, आज राति देशका हिमाली भूभागमा आंशिक बदली कायम रहने र बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने पूर्वानुमान गरिएको छ।
