Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

bahsegel giriş bahsegel bahsegel bettilt-app.com bahsegel bahsegel bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş paribahis bahsegel güncel giriş bahsegel bettilt giriş bettilt

Türkiye’de canlı rulet, klasik ruletin dijital versiyonundan daha çok tercih edilir ve bettilt giriş bu farkı belirgin kılar.

राप्ती नदीमा ४८ किलोमिटर तटबन्ध

राप्ती नदीमा ४८ किलोमिटर तटबन्ध
A A+ A-

दाङ। सिँचाइ तथा जलस्रोत व्यवस्थापन आयोजना लमही दाङले राप्ती नदीमा ४८ किलोमिटर तटबन्ध निर्माण भएको छ।

जसबाट एक हजार ४४० हेक्टर खेतीयोग्य जमिन उकास तथा संरक्षण भएको आयोजनाका सूचना अधिकारी खुमानन्द वलीले बताए। उनका अनुसार दाङ र प्युठानको दोभानदेखि बाँकेको भारतीय सिमानासम्म कूल १५७.६ किलोमिटर लम्बाई रहेको पश्चिम राप्ती नदीमा हालसम्म ४८ किलोमिटर तटबन्ध निर्माण भएको हो।

गएको आर्थिक वर्षमा मात्रै पश्चिम राप्तीमा ५.६१ किमी तटबन्ध निर्माण भई १६८ हेक्टर जमिन उकास भएको छ। पश्चिम राप्ती नदी किनारमा पर्ने गढवा–६ जेठानगाउँमा ४३ लाख २३ हजार ५५५ तथा गढवा–३ उल्टिसोटा खोलामा १२ लाख ८८ हजार २८७ बराबरको आपत्कालीन नदी नियन्त्रण कार्य सम्पन्न भइसकेको छ। प्रगन्ना सिँचाइअन्तर्गत राप्ती नदीको दायाँ किनारका विभिन्न खण्ड तथा रनियापुर–छिङ्गतपुर क्षेत्रमा समेत करोडौँका तटबन्ध ठेक्काहरू सम्पन्न भइसकेका छन्।

हाल पश्चिम राप्ती नदीको दाङ र बाँके खण्डमा रु एक अर्ब २२ करोड १० लाख ५१ हजार बराबरको ठेक्का सम्पन्न भइसकेको छ। लमही–५ सोनारपुर खण्डमा रु १० करोड ११ लाख ६६ हजार ९६४ को ठेक्कामा ७० प्रतिशत भौतिक प्रगति भएको छ भने गढवा–१ अडेहरीदेखि जेठानगाउँ खण्डमा ५ करोड ३२ लाख ३८ हजारको ठेक्कामा ४८.७० प्रतिशत प्रगति भएको छ।

त्यसैगरी बाँकेको राप्ती सोनारी–७ खुल्ला झगडियामा रु चार करोड १५ लाख २५ हजारको ठेक्कामा ७० प्रतिशत र राप्ती सोनारी–६ ढलैयामा रु ८२ लाख ४२ हजार ९२ को ठेक्कामा ७५ प्रतिशत भौतिक प्रगति हासिल भएको छ।

राप्ती नदीको बाढीबाट खेतीयोग्य जमिन र मानव बस्ती जोगाउन मुख्य इन्टेक भालुवाङदेखि सक्लाहीसम्म १५.९९६ किलोमिटर तटबन्ध निर्माण कार्य सम्पन्न भइसकेको छ। भविष्यमा कूल २३ किलोमिटर तटबन्ध खण्ड सम्पन्न गर्ने लक्ष्य राखिएको छ।

2