Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

bahsegel giriş bahsegel bahsegel bettilt-app.com bahsegel bahsegel bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş paribahis bahsegel güncel giriş bahsegel bettilt giriş bettilt

Türkiye’de canlı rulet, klasik ruletin dijital versiyonundan daha çok tercih edilir ve bettilt giriş bu farkı belirgin kılar.

आज कुन तरकारीको मूल्य कति?

आज कुन तरकारीको मूल्य कति?
A A+ A-

काठमाडौं। कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले मंगलबारका लागि तरकारी तथा फलफूलको नयाँ मूल्य सूची सार्वजनिक गरेको छ। थोक बजारमा आज च्याउको मूल्यमा उच्च वृद्धि देखिएको छ भने केही तरकारीको भाउ घटेको छ।

समितिका अनुसार आज डल्ले च्याउको औसत मूल्य प्रतिकिलो ५६६ रुपैयाँ पुगेको छ। हिजो यो मूल्य ४२५ रुपैयाँ थियो। त्यसैगरी कन्य च्याउको मूल्य पनि बढेर १७३ रुपैयाँ पुगेको छ, जुन हिजो ११७ रुपैयाँ थियो।

बजारमा अन्य तरकारीको मूल्यमा भने गिरावट आएको छ। ब्रोकाउलीको मूल्य हिजो ९५ रुपैयाँ रहेकोमा आज घटेर ८० रुपैयाँ कायम भएको छ। भिन्डीको मूल्य ८३ बाट घटेर ७६ रुपैयाँ र स्थानीय काउली ३४ बाट घटेर ३२ रुपैयाँमा झरेको छ। त्यस्तै लोकल बन्दाको मूल्य ४ रुपैयाँले घटेर २६ रुपैयाँ कायम भएको छ।

आजको थोक मूल्य सूचीअनुसार ठूलो भारतीय र नेपाली गोलभेँडाको औसत मूल्य ६५ रुपैयाँ छ भने टनेलको सानो गोलभेँडा २५ रुपैयाँमा कारोबार भइरहेको छ। रातो आलुको मूल्य ५७ रुपैयाँ र भारतीय सुकेको प्याजको मूल्य ८९ रुपैयाँ तोकिएको छ।

त्यसैगरी, स्थानीय परबल ६० रुपैयाँ, करेला ७५ रुपैयाँ, घिरौँला ३५ रुपैयाँ, पाकेको फर्सी ६५ रुपैयाँ, रायोको साग ३५ रुपैयाँ र पालुंगोको साग १०० रुपैयाँ प्रतिकिलोमा किनबेच भइरहेको छ। कुरिलोको मूल्य भने स्थिर रहँदै ७५० रुपैयाँ कायम छ। समितिले सार्वजनिक गरेको यो मूल्य सूची थोक बजारको हो, खुद्रा बजारमा उपभोक्ताले केही बढी मूल्य तिर्नुपर्ने हुन्छ।

2