काठमाडौँ। कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले बुधबारका लागि कृषि उपजको थोक मूल्य सार्वजनिक गरेको छ।
समितिले जारी गरेको पछिल्लो मूल्यसूचीअनुसार ठूलो गोलभेडाको अधिकतम मूल्य प्रतिकेजी ७० रुपैयाँ कायम गरिएको छ।
त्यस्तै, सानो गोलभेडाको मूल्य ३० रुपैयाँ, रातो आलुको ६० रुपैयाँ र सेतो आलुको ३२ रुपैयाँ तोकिएको छ। सुकेको प्याजको अधिकतम मूल्य प्रतिकेजी ९२ रुपैयाँ रहेको छ। हरियो तरकारीतर्फ लोकल गाजर ९० रुपैयाँ, तराईको गाजर ६० रुपैयाँ, लोकल बन्दा ३० रुपैयाँ, स्थानीय काउली ४० रुपैयाँ र तराईको काउली ३० रुपैयाँमा बिक्री भइरहेको छ। रातो तथा सेतो मूलाको मूल्य प्रतिकेजी ३० रुपैयाँ छ।
भन्टा लाम्चो ३५ रुपैयाँ, डल्लो भन्टा ६० रुपैयाँ, बोडी ९० रुपैयाँ, मटरकोशा १३० रुपैयाँ, घिउ सिमी ६० रुपैयाँ र टाटे सिमी ७० रुपैयाँ प्रतिकेजीमा कारोबार भइरहेको छ। तितो करेला ८० रुपैयाँ, लौका ५० रुपैयाँ, परवर ८० रुपैयाँ, चिचिण्डो ४० रुपैयाँ, घिरौला ४० रुपैयाँ र भिण्डी ८० रुपैयाँ तोकिएको छ। हरियो सागसब्जीतर्फ रायो साग ४० रुपैयाँ, पालुङ्गो साग १२० रुपैयाँ, चमसुरको साग १५० रुपैयाँ, तोरीको साग ५० रुपैयाँ र मेथीको साग १५० रुपैयाँ रहेको छ। हरियो प्याजको मूल्य प्रतिकेजी २५० रुपैयाँ छ।
फलफूलतर्फ फुजी स्याउ ३५० रुपैयाँ, जुम्लाको स्याउ ३०० रुपैयाँ र मुस्ताङको स्याउ २५० रुपैयाँ प्रतिकेजीमा उपलब्ध छ। नेपाली तथा मालभोग केरा प्रतिदर्जन १५० रुपैयाँ, अनार ३५० रुपैयाँ, नेपाली सुन्तला ८० रुपैयाँ र भारतीय सुन्तला १२० रुपैयाँ रहेको छ। मौसम र जुनार २०० रुपैयाँ, कागती २५० रुपैयाँ, नासपाती ३०० रुपैयाँ, नेपाली मेवा ६० रुपैयाँ, भारतीय मेवा १०० रुपैयाँ र अम्बा २०० रुपैयाँमा बिक्री भइरहेको छ। किवी र एभोकाडो ३०० रुपैयाँ तथा ड्रागन फ्रुट ५०० रुपैयाँ प्रतिकेजी रहेको छ।
मसलाजन्य उपजमा सुकेको खुर्सानी ५६० रुपैयाँ, हरियो अकबरे खुर्सानी २०० रुपैयाँ, हरियो धनियाँ १५० रुपैयाँ, अदुवा १०० रुपैयाँ र सुकेको नेपाली तथा चाइनिज लसुन २६० रुपैयाँ प्रतिकेजी छ। च्याउतर्फ कन्य च्याउ ३०० रुपैयाँ, डल्ले च्याउ ६०० रुपैयाँ, राजा च्याउ ३०० रुपैयाँ र सिताके च्याउ १,००० रुपैयाँ रहेको छ। कुरीलोको मूल्य प्रतिकेजी ८०० रुपैयाँ तोकिएको छ।
