Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

bahsegel giriş bahsegel bahsegel bettilt-app.com bahsegel bahsegel bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş paribahis bahsegel güncel giriş bahsegel bettilt giriş bettilt

Türkiye’de canlı rulet, klasik ruletin dijital versiyonundan daha çok tercih edilir ve bettilt giriş bu farkı belirgin kılar.

नवलपुरमा २०४ उद्योग थपिए

नवलपुरमा २०४ उद्योग थपिए
A A+ A-

नवलपरासी । नवलपरासी (बर्दघाट–सुस्तापूर्व) मा चालु आर्थिक वर्ष २०८३/८४ मा २०४ वटा नयाँ उद्योग तथा वाणिज्य फर्म थपिएका छन् ।

यही कात्तिक १३ गतेसम्म जिल्लामा ९२ वटा नयाँ उद्योग तथा ११२ वटा नयाँ वाणिज्य फर्म दर्ता भएका हुन् ।

एकीकृत सेवा कार्यालय कावासोती कार्यालयका सूचना अधिकारी ज्ञानप्रसाद भुसालका अनुसार जिल्लामा उद्योगतर्फ ९२ वटा नयाँ उद्योग दर्ता हुँदा ६२ वटा उद्योगको लगत कट्टा (बन्द) गरिएको छ ।

त्यस्तै यस अवधिमा जिल्लामा ४९७ वटा उद्योगहरू नवीकरण गरिएका उनले जानकारी दिए। कात्तिक १३ गतेसम्म जिल्लामा ४४ उद्योगले संशोधन (उद्योगको पुरानो दर्ताको नाम तथा पुँजीसहितका विवरण परिवर्तन) गरेका छन् ।

त्यसैगरी, जिल्लामा साढे तीन महिनाको अवधिमा ११२ वटा नयाँ वाणिज्य फर्म थपिँदा १११ वटा फर्मले लगत कट्टा गरेका सूचना अधिकारी भुसालले जानकारी दिए। यस अवधिमा जिल्लामा ६५० वटा वाणिज्य फर्महरू नवीकरण गरिएका छन् । ६० वटा वाणिज्य फर्मले संशोधन गरेका छन् ।

उद्योगतर्फ असोजमा ३३, भदौमा २९, साउनमा २३ तथा कात्तिकमा सातवटा नयाँ उद्योग दर्ता भएका थिए । त्यस्तै वाणिज्य फर्मतर्फ साउन र भदौमा समान ३८, असोजमा २६ तथा कात्तिकमा १० वटा नयाँ वाणिज्य फर्म दर्ता भएका थिए ।

कार्यालयको तथ्याङ्कअनुसार जिल्लामा हाल ६ हजार ७९९ वटा उद्योग रहेका भन्दै सूचना अधिकारी भुसालले साना उद्योग सबैभन्दा बढी पाँच हजार ८८६ वटा रहेका जानकारी दिए। त्यस्तै, घरेलु उद्योग ८९९, लघु उद्योग १३ तथा मझौला उद्योग एउटा रहेको उनको भनाइ छ । जसमध्ये सातवटा पब्लिक लिमिटेड, १९७ वटा साझेदारी उद्योग, ३२१ वटा प्रालि कम्पनी एवं छ हजार २७३ वटा निजी फर्म रहेका छन्।

जिल्लामा कृषि तथा वन पैदावारमा आधारित उद्योगको सङ्ख्या दुई हजार ९४०, दुई हजार ६०० वटा सेवामूलक उद्योग, एक हजार २९ वटा उत्पादनमूलक उद्योग, १२४ वटा ऊर्जामूलक उद्योग, ३७ वटा निर्माण उद्योग, २४ वटा सूचना तथा प्रविधिमा आधारित उद्योग, १६ वटा पर्यटन उद्योग एवं आठवटा खनिज उद्योग रहेका सूचना अधिकारी भुसालले जानकारी दिए।

जिल्लामा हालसम्म आठ ६१३ वटा वाणिज्य फर्महरू कायम रहेका छन्। यसमध्ये आठ हजार ५२३ वटा एकलौटी वाणिज्य फर्म तथा ९० वटा साझेदारी फर्म रहेका छन् । जिल्लामा कायम रहेका वाणिज्य फर्ममध्ये आयातनिर्यात व्यापारसम्बन्धी उद्देश्य बोकेका एक–एकवटा रहेका छन्। आठ हजार ६११ वटा वाणिज्य फर्मको उद्देश्य स्थानीय व्यापार रहेको छ। त्यस्तै १८१ वटा फर्मले थोक व्यापार र आठ हजार ४३२ वटा फर्मले खुद्रा कारोबार गर्नेगरी दर्ता भएका सूचना अधिकारी भुसालले बताए।

2