Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

bahsegel giriş bahsegel bahsegel bettilt-app.com bahsegel bahsegel bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş paribahis bahsegel güncel giriş bahsegel bettilt giriş bettilt

Türkiye’de canlı rulet, klasik ruletin dijital versiyonundan daha çok tercih edilir ve bettilt giriş bu farkı belirgin kılar.

दिवंगत अभिभावकको स्मृतिमा विद्यालयलाई आर्थिक सहयोग

दिवंगत अभिभावकको स्मृतिमा विद्यालयलाई आर्थिक  सहयोग
A A+ A-

म्याग्दी। म्याग्दीको मंगला गाउँपालिका–१ कुहुँस्थित दीपशिखा माध्यमिक विद्यालयलाई स्थानीय एक दम्पतीले दिवंगत अभिभावकको स्मृतिमा १५ लाख रुपैयाँ बढी सहयोग गरेका छन्।

कुहुँको तुसारेपानी घर भई हाल अस्ट्रेलियामा रहेका मुक्ति रोका र टिका रोका दम्पतीले स्वर्गीय बुबा गणेशबहादुर र आमा पोविसरा रोकाको स्मृतिमा उक्त सहयोग गरेका हुन्।

विद्यालयका प्रधानाध्यापक डा. नन्दबहादुर खत्रीले बिहीबारदेखि सञ्चालन हुने शैक्षिक एवं धार्मिक महोत्सव तथा श्रीमद्भागवत धनधान्याञ्चल सप्ताह ज्ञान महायज्ञका लागि रोका दम्पतीले १५ लाख पाँच हजार ५५५ रुपैयाँ सहयोग गरेकाे बताइन्।

रोका दम्पतीले यसअघि पनि विद्यालयमा १० लाखको अक्षयकोष स्थापना गरेका थिए। उक्त कोषबाट हरेक वर्ष विद्यार्थीलाई खेलकुद तथा अन्य शैक्षिक गतिविधिमा प्रोत्साहन गर्ने कार्यक्रम सञ्चालन हुँदै आएको छ।

तत्कालीन समयमा मुक्ति रोकाकी आमा पोविसराको दुर्घटनामा निधन भएपछि उनका बुबा तथा तत्कालीन कुहुँ गाविसका सचिव गणेशबहादुर रोकाले २०६३ मा विद्यालयमा अध्ययनरत विद्यार्थीलाई शैक्षिक पुरस्कार प्रदान गर्ने उद्देश्यले अक्षयकोष स्थापना गरेका थिए।

कोरोना सङ्क्रमणका कारण गणेशबहादुरको निधन भएपछि उनीहरूको योगदानको सम्मान गर्दै कोषको नाम गणेशबहादुर र पोविसरा रोका स्मृति अक्षयकोष राखिएको थियो।

यसैबीच विद्यालयमा बिहीबारदेखि सुरु हुने महायज्ञको तयारी पूरा भएको सहायक प्रधानाध्यापक हरिकृष्ण भट्टराईले बताए। मङ्सिर ३ गतेसम्म विद्यालय परिसरमा सञ्चालन हुने महायज्ञमा बुधबारसम्म करिब ४० लाख रुपैयाँ सहयोग प्रतिबद्धता प्राप्त भएको छ।

महायज्ञमा विद्यालयका पूर्वप्रधानाध्यापक भद्रबहादुर क्षेत्रीले पाँच लाख पाँच हजार ५५५, पूर्वविद्यार्थी महेन्द्र घर्तीले तीन लाख ५० हजार र पूर्वसांसद नरबहादुर पुनले तीन लाख रुपैयाँ सहयोग गर्ने प्रतिबद्धता जनाएका छन्।

विद्यालयले विपन्न, भौगोलिक रूपमा विकट तथा अपायक स्थानका विद्यार्थीलाई आवासीय सुविधा उपलब्ध गराई अतिरिक्त कक्षा सञ्चालन गर्ने र सिकाइ उपलब्धि वृद्धि गर्ने उद्देश्यले महायज्ञ आयोजना गरेको हो।

महायज्ञबाट तीन करोड सङ्कलन गरी दुई करोडभन्दा बढी रुपैयाँ बचत गर्ने लक्ष्य राखिएको सहायक प्रधानाध्यापक भट्टराईले बताए।

महायज्ञमा पण्डित दीनबन्धु पोखरेलले श्रीमद्भागवत कथा वाचन गर्नेछन्। सप्ताहव्यापी महायज्ञमा भागवत पाठपारायण, पूजाआजा, भजनकीर्तन, कलशयात्रा, आरती तथा झाँकी प्रदर्शन लगायत धार्मिक कार्यक्रम सञ्चालन गरिने विद्यालयले जनाएको छ।

प्रविधिको प्रयोग र शैक्षिक गुणस्तर अभिवृद्धि गरी स्थानीय स्तरमै गुणस्तरीय शिक्षा उपलब्ध गराउने विद्यालयको लक्ष्य छ। अध्ययनका लागि बालबालिकालाई सहरबजार पठाउनुपर्ने बाध्यता घटाउँदै गाउँमै राम्रो शैक्षिक वातावरण निर्माण गर्न महायज्ञबाट प्राप्त रकम परिचालन गरिने जनाइएको छ।

विसं २०१७ मा स्थापना भएको दीपशिखा माध्यमिक विद्यालयमा कक्षा १ देखि १२ सम्म पठनपाठन हुँदै आएको छ। २०४७ देखि माध्यमिक र २०६५ देखि कक्षा ११ र १२ को पढाइ सुरु गरेको विद्यालयमा हाल १९६ विद्यार्थी छन्।

2