Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

bahsegel giriş bahsegel bahsegel bettilt-app.com bahsegel bahsegel bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş paribahis bahsegel güncel giriş bahsegel bettilt giriş bettilt

Türkiye’de canlı rulet, klasik ruletin dijital versiyonundan daha çok tercih edilir ve bettilt giriş bu farkı belirgin kılar.

आज कुन तरकारीको मूल्य कति ?

आज कुन तरकारीको मूल्य कति ?
A A+ A-

काठमाडौं। कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले शुक्रबारका लागि कृषि उपजको थोक मूल्य सार्वजनिक गरेको छ।

समितिले जारी गरेको सूचीअनुसार ठूलो गोलभेँडाको अधिकतम मूल्य प्रतिकिलो ७० रुपैयाँ कायम गरिएको छ। यसैगरी, लोकल सानो गोलभेँडा २० रुपैयाँ, टनेलको ५० रुपैयाँ र तराईको ४५ रुपैयाँमा कारोबार भइरहेको छ।

आलु र प्याजको मूल्यमा पनि केही फेरबदल देखिएको छ। रातो आलुको अधिकतम मूल्य प्रतिकिलो ६० रुपैयाँ र भारतीय आलुको ३५ रुपैयाँ तोकिएको छ। सेतो आलुको अधिकतम मूल्य ३२ रुपैयाँ छ भने सुकेको भारतीय प्याजको अधिकतम मूल्य प्रतिकिलो ९२ रुपैयाँ रहेको छ। हरियो प्याजको मूल्य भने उच्च देखिएको छ, जसको अधिकतम मूल्य प्रतिकिलो २५० रुपैयाँ छ।

हरियो तरकारी र सागपातको मूल्यमा विविधता छ। लोकल गाजर ९० रुपैयाँ र तराई गाजर ६० रुपैयाँ अधिकतम मूल्यमा बिक्री भइरहेको छ। स्थानीय काउलीको अधिकतम मूल्य ३५ रुपैयाँ र तराई काउलीको २५ रुपैयाँ तोकिएको छ। यसैगरी, मटरकोशाको अधिकतम मूल्य १३० रुपैयाँ, घिउ सिमी (राजमा) को १४० रुपैयाँ, बोडीको ९० रुपैयाँ र तितो करेलाको ८० रुपैयाँ रहेको छ। सागपाततर्फ रायो सागको १०० रुपैयाँ, पालुंगो सागको १२० रुपैयाँ तथा चमसुर र मेथीको सागको १५० रुपैयाँ अधिकतम मूल्य तोकिएको छ।

च्याउ र फलफूलको हकमा सिताके च्याउको अधिकतम मूल्य प्रतिकिलो १,००० रुपैयाँ छ। डल्ले च्याउको ४०० रुपैयाँ, राजा च्याउको ३०० रुपैयाँ र कन्य च्याउको २७० रुपैयाँ अधिकतम मूल्य कायम भएको छ। फुजी स्याउको अधिकतम मूल्य ३५० रुपैयाँ र जुम्ला स्याउको ३०० रुपैयाँ छ। नेपाली केरा प्रतिदर्जन १५० रुपैयाँ, अनार ३५० रुपैयाँ र भारतीय सुन्तला १०० रुपैयाँ अधिकतम मूल्यमा बिक्री भइरहेको छ। कागतीको अधिकतम मूल्य प्रतिकिलो २५० रुपैयाँ तोकिएको छ।

अन्य मसलाजन्य वस्तुमा सुकेको खुर्सानीको अधिकतम मूल्य ५६० रुपैयाँ, हरियो अकबरे खुर्सानीको २०० रुपैयाँ, सुकेको चाइनिज र नेपाली लसुनको २६० रुपैयाँ तथा हरियो धनियाँको २५० रुपैयाँ अधिकतम मूल्य कायम गरिएको छ।

2