Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

bahsegel giriş bahsegel bahsegel bettilt-app.com bahsegel bahsegel bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş paribahis bahsegel güncel giriş bahsegel bettilt giriş bettilt

Türkiye’de canlı rulet, klasik ruletin dijital versiyonundan daha çok tercih edilir ve bettilt giriş bu farkı belirgin kılar.

जासुसी विवादपछि एनभिडियाका प्रमुखको राजीनामा

जासुसी विवादपछि एनभिडियाका प्रमुखको राजीनामा
A A+ A-

सान फ्रान्सिस्को। चिनियाँ जासुसीसँग जोडिएको आरोप र दुई महिलासँगको विवाहेतर सम्बन्ध सार्वजनिक भएपछि एनभिडियाका प्रमुख कार्यकारी अधिकृत जेन्सेन हुआङले राजीनामा दिएका छन्।

उनको राजीनामासँगै कम्पनीमा ३३ वर्ष लामो नेतृत्वको अन्त्य भएको छ। यस घटनाले विश्वकै अग्रणी कृत्रिम बौद्धिकता (एआई) प्रविधि कम्पनी एनभिडियाको भविष्य र अमेरिकी प्रविधि उद्योगमा अनिश्चितता थपेको छ।

राजीनामाको खबर सार्वजनिक भएपछि एनभिडियाको सेयर मूल्य सुरुमा १३ प्रतिशतसम्म घटेको थियो। कम्पनीको बजार पुँजीकरणमा करिब ४५ खर्ब अमेरिकी डलर बराबरको गिरावट आएको विवरण सार्वजनिक भएको छ।

६३ वर्षीय हुआङले प्रमुख कार्यकारीसँगै सञ्चालक समितिको सदस्य पद समेत छाडेका छन्। प्रमुख वित्तीय अधिकारी कोलेट क्रेसले अन्तरिम प्रमुख कार्यकारीको जिम्मेवारी सम्हाल्ने भएका छन्।

सन् २०२२ मा च्याटजीपीटी सार्वजनिक भएपछि तीव्र विस्तार भएको कृत्रिम बौद्धिकता (एआई) उद्योगमा हुआङ प्रमुख व्यक्तित्वका रूपमा स्थापित भएका थिए।

भिडियो गेमका लागि ग्राफिक्स बनाउने प्रोसेसर उत्पादनबाट सुरु भएको एनभिडिया एआई मोडेल निर्माणका लागि आवश्यक चिपको प्रमुख आपूर्तिकर्ता बनेको थियो। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका अनौपचारिक सल्लाहकार समेत रहेका हुआङले चीनमा उन्नत एआई चिप बिक्रीमा लगाइएको प्रतिबन्धको विरोध गर्दै आएका थिए।

विवादका बीच राष्ट्रपति ट्रम्पले एप्पलका पूर्व प्रमुख टिम कुकलाई एनभिडियाको नेतृत्वका लागि उपयुक्त उम्मेदवार बताएका छन्। उता, सञ्चालक समितिले सिनोप्सिसका पूर्व प्रमुख हार्वी जोन्सलाई अध्यक्ष नियुक्त गरेको छ।

हुआङले सिङ्गापुरस्थित डाटा सेन्टर कम्पनी मेगास्पिडकी पूर्व कार्यकारी एलिस हुआङसँग सम्बन्ध रहेको स्वीकार गरेका थिए । अमेरिकी गुप्तचर निकायले एलिस चीनको राज्य सुरक्षा मन्त्रालयसँग सम्बन्धित व्यक्ति भएको आरोप लगाए पनि चीनले त्यसलाई अस्वीकार गरेको छ।

सिङ्गापुरले भने मेगास्पिडसम्बन्धी अनुसन्धानमा गलत जानकारी दिएको भन्दै एलिसलाई गत फेब्रुअरीमा पुनः देश प्रवेशमा प्रतिबन्ध लगाएको जनाएको छ। तर उनीमाथि जासुसीको अनुसन्धान नगरिएको स्पष्ट पारेको छ।

यसैबीच, ‘द न्युयोर्क टाइम्स’ ले एनभिडियाकी उपाध्यक्ष किम्बर्ली पावेलसँग पनि हुआङको अर्को सम्बन्ध रहेको दाबी गरेको छ। सञ्चालक समितिले हुआङ विदेशी गुप्तचर निकायको निशानामा परेको हुन सक्ने विषयमा अनुसन्धान समेत सुरु गरेको थियो।

अमेरिका र चीनबीच अत्याधुनिक प्रविधिमा वर्चस्व कायम गर्ने प्रतिस्पर्धा चलिरहेका बेला यो विवाद सार्वजनिक भएको हो। अमेरिकी सांसदहरूले हुआङ र चिनियाँ गुप्तचर निकायबीचको सम्भावित सम्बन्धबारे ट्रम्प प्रशासनसँग स्पष्टीकरण मागेका छन्।

मेगास्पिडमार्फत प्रतिबन्धित एनभिडिया प्रविधि चीन पठाइएको हुन सक्ने आशंका समेत उठेको छ। सिङ्गापुरले यस विषयमा अमेरिकी न्याय मन्त्रालय र एफबिआईसँग पटकपटक जानकारी माग्दा सीमित सहयोग मात्र प्राप्त भएको जनाएको छ। –रासस /एएफपी

2