काठमाडौं। गोरखाको धार्चे गाउँपालिका-१ स्थित यारूवगरमा शनिबार बिहान भीषण सुख्खा पहिरो गएको छ।
पहिरो यारूवगर क्षेत्रको ठाडो भर्याङ जंगलमा खसेको हो। पहिरोका कारण स्थानीय क्षेत्रमा जोखिम बढेको छ।
हालसम्म यस घटनाबाट कुनै पनि मानवीय वा भौतिक क्षति भएको विवरण प्राप्त नभएको स्थानीय प्रशासनले जनाएको छ।
