Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

bahsegel giriş bahsegel bahsegel bettilt-app.com bahsegel bahsegel bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş paribahis bahsegel güncel giriş bahsegel bettilt giriş bettilt

Türkiye’de canlı rulet, klasik ruletin dijital versiyonundan daha çok tercih edilir ve bettilt giriş bu farkı belirgin kılar.

जनकपुर–अयोध्याबीच साप्ताहिक रेल सेवा सञ्चालन हुने

जनकपुर–अयोध्याबीच साप्ताहिक रेल सेवा सञ्चालन हुने
A A+ A-

काठमाडौं। नेपालको जनकपुरधाम र भारतको उत्तर प्रदेशस्थित धार्मिक नगरी अयोध्याबीच साप्ताहिक रेल सेवा सञ्चालन हुने भएको छ। भारत सरकारले जनकपुरधामदेखि अयोध्या क्यान्टसम्म रेल सञ्चालन गर्ने प्रस्तावलाई स्वीकृति दिएको हो।

प्रधानमन्त्री बालेन्द्र शाहको प्रस्तावित भारत भ्रमणका क्रममा उक्त रेल सेवाको उद्घाटन गर्ने तयारी गरिएको छ। नेपाल र भारतबीचको धार्मिक तथा सांस्कृतिक सम्बन्धलाई थप प्रगाढ बनाउने उद्देश्यले प्रधानमन्त्रीको भ्रमणका अवसरमा रेल सेवा सञ्चालनमा ल्याउने अपेक्षा गरिएको छ।

भारतको प्रेस इन्फर्मेसन ब्युरो (पीआईबी) ले शनिबार सार्वजनिक गरेको विवरणअनुसार करिब ६०४ किलोमिटर लामो रेलमार्गले रामायणसँग सम्बन्धित दुई महत्वपूर्ण धार्मिक स्थललाई जोड्नेछ। जनकपुरधामलाई माता सीताको जन्मभूमि र अयोध्यालाई भगवान् श्रीरामको जन्मभूमिका रूपमा चिनिन्छ।

निर्धारित तालिकाअनुसार जनकपुरधामबाट प्रत्येक शनिबार र अयोध्या क्यान्टबाट प्रत्येक सोमबार रेल सञ्चालन हुनेछ।

रेल सेवा भारतको बिहार र उत्तर प्रदेशका विभिन्न सहर हुँदै सञ्चालन हुनेछ। यात्रु चढाउने तथा ओराल्ने व्यवस्था जयनगर, मधुबनी, शिशो, सीतामढी, रक्सौल, नरकटियागञ्ज, गोरखपुर, बस्ती, मनकापुर र अयोध्या धामलगायतका स्थानमा हुनेछ।

रेल सेवा सञ्चालनमा आएपछि नेपाल र भारतबीचको धार्मिक पर्यटन तथा सीमापार आवागमन थप सहज हुने अपेक्षा गरिएको छ। विशेषगरी रामायण सर्किटमा आधारित जनकपुर–अयोध्या धार्मिक यात्रालाई यसले नयाँ गति दिने विश्वास गरिएको छ।

2