Logo

निकासी पैठारी सम्बन्धि विधेयकमा अझै प्रशस्त छलफल आवश्यक

अ+ अ-

उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समिति निकासी पैठारी (नियमन) विधेयक, २०८१ माथि छलफल भएको छ । सोमबार बसेको समितिको बैठकमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय र कानून न्याय तथा संसदीय मामिला मन्त्रालयसँग निकासी पैठारी (नियमन) विधेयक, २०८१ माथि छलफल भएको हो ।

सोही क्रममा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव गोविन्द बहादुर कार्कीले निकासी पैठारी (नियमन) विधेयकमा भएको कमि कमजोरी सही तरिकाले पहिचान गरेर मात्र अगाडि बढाउनुपर्ने बताए ।

अहिले यो ऐनले निर्यात र आयातलाई कुन हिसाबले रोक्न सकिन्छ भन्ने कुरामा बढि केन्द्रित रहेको पनि उनको भनाइ छ ।

उनले भने, ‘यो अवैध सामान पैठारी निकासीका कुराहरुलाई समेट्ने गरि यो ऐनमा भएका कमी कमजोरी यसअघिको बैठकमा राखिसकेको छ । त्यसलाई थोरै खोतल्ने हो भने यो छिटै निष्कर्षमा पुग्न सकिन्छ । आयात, निर्यात भनेपछि भन्सार जोडिन्छ, आयात निर्यात गर्ने निकाय मन्त्रालयसँग जोडिन्छ । यहाँ धेरै निकाय र धेरै कानुनहरु पनि यो अन्तर्राष्ट्रिय व्यापार भन्सारमा बढी जोडिन आउने हुनाले सबै डाटाहरु राख्यो भने सजिलो हुन्छ । भन्सार चुहावटको विषय भन्सार ऐनले हेर्छ । तर अहिलेको ऐनले चाहीं हामीले निर्यात र आयातलाई कुन हिसाबले रोक्ने भन्ने कुरालार्ई लिएर केन्द्रित रहेको छ ।’

यस्तै, उनले अन्तर्राष्ट्रिय व्यपारको लागि कानुन बनाएर अगाडि बढ्ने हो भने व्यापारमा सहज हुने बताए । छलफलमा समितिमा हुने छलफलका विषयहरुमा समिति सभापति अब्दुल खानले जानकारी गराएका थिए ।