Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

bahsegel giriş bahsegel bahsegel bettilt-app.com bahsegel bahsegel bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş paribahis bahsegel güncel giriş bahsegel bettilt giriş bettilt

Türkiye’de canlı rulet, klasik ruletin dijital versiyonundan daha çok tercih edilir ve bettilt giriş bu farkı belirgin kılar.

इसाया युङ्गे : अवसर खोज्ने अफ्रिकी उद्यमी

आफैँले बाल्यकालमा भोगेको अभाव, शिक्षामा पहुँचको कठिनाइ र प्रविधिमा सीमित अवसरलाई व्यावसायिक सम्भावनामा बदल्दै तान्जानियाका इसाया युङ्गे छात्रवृत्ति प्रविधिदेखि अफ्रिकाको स्मार्टफोन बजारसम्म नयाँ पहिचान निर्माण गरिरहेका छन्।

इसाया युङ्गे : अवसर खोज्ने अफ्रिकी उद्यमी
A A+ A-

लेक भिक्टोरियाको किनारमा रहेको तान्जानियाको म्वान्जा सहर।

एउटा बालकको दैनिकी अरू बालबालिकाको भन्दा फरक थियो। उमेरका साथीहरू विद्यालय जाने तयारी गरिरहेका हुन्थे। तर उनी भने पशु चराउने, खेतबारीमा काम गर्ने र जीवनका आधारभूत आवश्यकता पूरा गर्ने संघर्षमा हुर्किरहेका थिए।

घरपरिवारको स्थायित्व थिएन। अभिभावकबीचको सम्बन्ध टुटेपछि बाल्यकालमै उनले विभिन्न आश्रयस्थलमा बस्नुपर्‍यो। कहिलेकाहीँ सडकमा समेत जीवन बिताउनुपर्ने अवस्था आयो। शिक्षामा पहुँच सहज थिएन। विद्यालय जाने उमेरमा उनले जीवनका कठिन वास्तविकतासँग जुध्नुपरेको थियो।

तर परिस्थितिले उनको सोचलाई सीमित गर्न सकेन। जीवनमा केही फरक गर्ने आकांक्षा भने सानैदेखि थियो। आफूले भोगेको अभाव अरूले पनि भोग्न नपरोस् भन्ने भावना उनको सोचमा विकसित हुँदै गयो।

उनै बालक हुन्, इसाया युङ्गे। तान्जानियाका उद्यमी, प्रविधि अभियन्ता र सामाजिक उद्यमशीलताका क्षेत्रमा अन्तर्राष्ट्रिय पहिचान बनाएका व्यक्तित्व।

आज उनी शिक्षामा पहुँच विस्तार गर्ने डिजिटल प्लेटफर्मदेखि अफ्रिकामा किफायती स्मार्टफोन उपलब्ध गराउने व्यावसायिक अवधारणासम्म काम गरिरहेका छन्।

उनको उद्यमशीलताको विशेषता केवल नयाँ उत्पादन बजारमा ल्याउनु होइन, बजारमा रहेका समस्यालाई पहिचान गरेर त्यसको समाधानमा व्यवसायको सम्भावना खोज्नु हो।

युङ्गेको व्यावसायिक यात्रा एउटा स्मार्टफोनबाट सुरु भएको होइन। यसको जग शिक्षामा पहुँच र अवसरको असमानता देखेर सुरु भएको थियो। आफूले बाल्यकालमा भोगेको कठिनाइ र विद्यार्थी जीवनमा देखेको समस्यालाई प्रविधिको माध्यमबाट समाधान गर्न सकिन्छ भन्ने विश्वासले उनलाई उद्यमशीलतातर्फ डोर्‍यायो।

उनको यात्राले एउटा महत्त्वपूर्ण व्यावसायिक पाठ दिन्छ- सफल उद्यमको सुरुवात सधैँ ठूलो पुँजी, आधुनिक कार्यालय वा आकर्षक उत्पादनबाट हुँदैन। कहिलेकाहीँ आफ्नै जीवनमा देखिएको समस्याको समाधान खोज्ने प्रयास नै भविष्यको व्यवसायको आधार बन्न सक्छ।

अभावले जन्माएको फरक सोच

इसाया युङ्गेको जन्म सन् १९९० मार्च २३ मा तान्जानियाको म्वान्जामा भएको हो। लेक भिक्टोरियाको किनारमा रहेको यो सहर देशको महत्त्वपूर्ण व्यापारिक केन्द्रमध्ये एक हो। तर युङ्गेको बाल्यकाल भने सहरको आर्थिक गतिविधिभन्दा धेरै टाढा, अभाव र अनिश्चितताबीच बित्यो।

अभिभावकबीच सम्बन्धविच्छेद भएपछि उनको बाल्यकाल अस्थिर बन्यो। विभिन्न परिवार तथा आश्रयस्थलमा बस्नुपर्‍यो। सात वर्षको उमेरसम्म औपचारिक शिक्षा प्राप्त गर्ने अवसर पनि सहज रूपमा मिलेन। विद्यालय जानुअघि उनी पशु चराउने र खेतबारीमा काम गर्ने गर्थे।

बाल्यकालमा सडकमा बस्नुपर्ने अवस्थासमेत आयो। तर त्यही अनुभवले उनलाई समाजको एउटा यस्तो पक्षसँग परिचित गरायो, जसलाई धेरै मानिसले देखेर पनि बेवास्ता गर्छन्।

सडकमा बस्ने बालबालिकाको जीवन, उनीहरूले भोग्ने विभेद र शिक्षाबाट वञ्चित हुनुपर्ने अवस्था उनको चासोको विषय बन्यो। आफूले शिक्षा पाउन संघर्ष गर्नुपरेको अनुभवले अरू बालबालिकालाई पनि अवसर उपलब्ध गराउनुपर्छ भन्ने सोच विकास गरायो।

उनका लागि शिक्षा केवल विद्यालय जाने वा प्रमाणपत्र प्राप्त गर्ने माध्यम थिएन। जीवन बदल्ने अवसर थियो। यही बुझाइले उनलाई बाल्यकालदेखि नै सामाजिक गतिविधिमा सक्रिय बनायो।

विद्यालय जाने अवसर पाएपछि पनि उनले आफ्नो समय पढाइमा मात्र सीमित राखेनन्। सडकमा बस्ने बालबालिकालाई अंग्रेजी र आधारभूत गणित सिकाउन थाले। उनीहरूलाई एकै ठाउँमा जम्मा गरेर पढाउने र आफ्नो अनुभव सुनाउने वातावरण बनाउन खोजे।

त्यतिबेला उनीसँग ठूलो स्रोतसाधन थिएन। न कुनै संस्था थियो, न नियमित आर्थिक सहयोग। तर आफ्नो वरिपरि रहेका बालबालिकाको अवस्था सार्वजनिक रूपमा उठाउन सकिन्छ भन्ने विश्वास थियो।

त्यही सोचले उनलाई सञ्चारमाध्यमसम्म पुर्‍यायो।

१६ वर्षको उमेरमा उनले स्थानीय रेडियो स्टेसन रेडियो फ्रि अफ्रिकासँग एउटा कार्यक्रम सञ्चालन गर्ने प्रस्ताव राखे। सडकमा जीवन बिताइरहेका बालबालिकालाई रेडियोमा बोलाएर उनीहरूको अनुभव सार्वजनिक गर्ने उनको योजना थियो।

रेडियो कार्यक्रममार्फत समाजले सडकमा रहेका बालबालिकाको वास्तविकता बुझोस् भन्ने उनको उद्देश्य थियो। कार्यक्रमले श्रोताको ध्यान आकर्षित गर्‍यो। पछि संयुक्त राष्ट्रसंघीय बालकोष (युनिसेफ) बाट समेत सहयोग प्राप्त भयो। कार्यक्रम करिब छ वर्षसम्म सञ्चालन भयो। युङ्गेले त्यसको चार वर्ष प्रस्तोताका रूपमा काम गरे।

सानो उमेरमै उनले सञ्चारमाध्यमलाई सामाजिक परिवर्तनको माध्यम बनाउन सकिने सम्भावना देखे। यो अनुभव उनको व्यक्तित्व निर्माणमा महत्त्वपूर्ण बन्यो।

उनको सामाजिक सक्रियताले अन्तर्राष्ट्रिय पहिचानसमेत पायो।

युनिसेफको अफ्रिकी युवा प्रतिनिधिका रूपमा छनोट भएपछि उनले जर्मनीको बर्लिनमा आयोजित जी–८ शिखर सम्मेलनमा सहभागी हुने अवसर पाए।

१७ वर्षको उमेरमा अन्तर्राष्ट्रिय मञ्चमा बोल्ने अवसर पाउनु उनका लागि ठूलो उपलब्धि थियो।

त्यहाँ उनले विभिन्न देशका युवा, नीति निर्माता र सामाजिक अभियन्तासँग भेट्ने अवसर पाए। आर्थिक तथा शैक्षिक अवसरको असमानता केवल तान्जानियाको समस्या नभई धेरै विकासशील मुलुकको साझा चुनौती भएको बुझ्ने मौका पाए।

यही अनुभवले उनलाई सामाजिक कामलाई प्रविधि र उद्यमशीलतासँग जोड्ने सोचतर्फ अघि बढायो।

छात्रवृत्तिको सूचनाबाट व्यवसायको अवधारणा

विश्वविद्यालयमा अध्ययन गर्ने क्रममा युङ्गेले अर्को समस्या पहिचान गरे। अफ्रिकाका धेरै प्रतिभाशाली विद्यार्थी उच्च शिक्षा हासिल गर्न चाहन्थे। तर उनीहरूलाई छात्रवृत्तिका अवसरबारे पर्याप्त जानकारी थिएन।

विश्वका विभिन्न विश्वविद्यालय, शैक्षिक संस्था र अन्तर्राष्ट्रिय निकायले छात्रवृत्ति उपलब्ध गराइरहेका थिए। कतिपय अवसरमा योग्य विद्यार्थी नै आवेदन दिन पुग्दैनथे। सूचना विभिन्न वेबसाइट, संस्थाका पृष्ठ र अन्य माध्यममा छरिएका हुन्थे।

अर्कोतर्फ, विद्यार्थीलाई आफू कुन छात्रवृत्तिका लागि योग्य छु भन्ने थाहा पाउन कठिन थियो। आवेदन प्रक्रिया, आवश्यक कागजात र अंग्रेजी भाषामा लेख्नुपर्ने निवेदनले पनि उनीहरूलाई समस्यामा पारिरहेको थियो।

युङ्गेले यसलाई शिक्षा प्रणालीको मात्र समस्या मानेनन्। उनले यसमा प्रविधिमार्फत समाधान गर्न सकिने व्यावसायिक अवसर पनि देखे।

उनले सुरुमा विभिन्न छात्रवृत्तिको सूचना संकलन गर्न थाले। विश्वविद्यालयका विद्यार्थीलाई उपलब्ध अवसरबारे जानकारी दिन व्हाट्सएप समूह प्रयोग गरे। तर सूचना संकलन गरेर पठाउनु मात्रै पर्याप्त थिएन। विद्यार्थीको शैक्षिक योग्यता, रुचि र आवश्यकताअनुसार उपयुक्त छात्रवृत्ति पहिचान गर्ने प्रणाली आवश्यक थियो।

यही सोचबाट सन् २०१६ मा सोमाअपको अवधारणा विकास भयो।

सोमाअप मोबाइल फोन र वेबमा प्रयोग गर्न सकिने डिजिटल प्लेटफर्म थियो। यसले विद्यार्थीलाई विभिन्न छात्रवृत्तिको जानकारी उपलब्ध गराउने मात्र होइन, उनीहरूको योग्यता र क्षमताअनुसार उपयुक्त अवसर पहिचान गर्न सहयोग गर्ने उद्देश्य राखेको थियो।

यसमा स्वचालित प्रणाली प्रयोग गरेर विद्यार्थीको विवरण र उपलब्ध छात्रवृत्तिबीच मिलान गर्ने व्यवस्था विकास गरिएको थियो। आवेदन लेख्न सहयोग गर्ने सामग्री, नमुना निबन्ध र आवेदन प्रक्रियासम्बन्धी मार्गदर्शन पनि उपलब्ध गराइएको थियो।

यसले विद्यार्थीलाई आफू योग्य हुन सक्ने अवसर पहिचान गर्न र आवेदन प्रक्रियामा अघि बढ्न सहज बनाउने लक्ष्य राखेको थियो।

युङ्गेको सोचमा यो सामान्य सूचना प्रवाह गर्ने एप मात्र थिएन। उच्च शिक्षामा आर्थिक तथा सूचनागत अवरोध कम गर्ने एउटा माध्यम थियो।

विशेषगरी ग्रामीण क्षेत्रमा बस्ने, आर्थिक रूपमा कमजोर परिवारका र अन्तर्राष्ट्रिय शैक्षिक अवसरबारे पर्याप्त जानकारी नपाएका विद्यार्थीलाई लक्षित गरिएको थियो।

छात्रवृत्तिका अवसर भए पनि विद्यार्थीले आवेदन नगर्ने र योग्य उम्मेदवारसम्म सूचना नपुग्ने समस्या समाधान गर्न सके यसले ठूलो प्रभाव पार्न सक्ने उनको विश्वास थियो।

सानो डिजिटल प्लेटफर्मबाट अन्तर्राष्ट्रिय पहुँच

सोमाअपको सुरुवाती उपलब्धि अपेक्षाभन्दा उत्साहजनक देखियो। सञ्चालन सुरु भएको पहिलो १२ महिनाभित्रै करिब एक हजार तान्जानियाली विद्यार्थीले यसमार्फत छोटो अवधिका पाठ्यक्रम, पूर्ण छात्रवृत्ति तथा अन्तर्राष्ट्रिय सम्मेलनमा सहभागी हुने अवसरबारे जानकारी र पहुँच प्राप्त गरे।

यसको प्रभाव तान्जानियामा मात्र सीमित रहेन। जाम्बिया, रुवान्डा, नाइजेरिया र दक्षिण अफ्रिकाका विद्यार्थी पनि यसमा जोडिन थाले।

अशोकाको विवरणअनुसार सन् २०१८ को अन्त्यसम्म सोमाअप १५ हजार विद्यार्थीले प्रयोग गरेका थिए। ती विद्यार्थीले छात्रवृत्ति, छोटो अवधिका शैक्षिक कार्यक्रम र अन्तर्राष्ट्रिय सम्मेलनमा सहभागिताका लागि कुल आठ लाख ५० हजार अमेरिकी डलर बराबरका अवसर प्राप्त गरेको उल्लेख छ।

यो तथ्य युङ्गेको प्रारम्भिक उद्यमशीलताको महत्त्वपूर्ण उपलब्धि थियो।

सामान्य सूचना संकलनबाट सुरु भएको डिजिटल अवधारणाले हजारौँ विद्यार्थीलाई अन्तर्राष्ट्रिय शैक्षिक अवसरसँग जोड्ने माध्यमको रूप लिएको थियो।

सोमाअपको मोडलमा प्रविधि र सामाजिक प्रभाव दुवै पक्ष जोडिएका थिए। विद्यार्थीलाई अवसर उपलब्ध गराउने क्रममा संस्थागत सम्बन्ध विस्तार गर्नुपर्ने आवश्यकता पनि थियो। त्यसैले युङ्गेले विद्यालय, विश्वविद्यालय, छात्रवृत्ति उपलब्ध गराउने संस्था र विद्यार्थी समुदायसँग सहकार्यको प्रयास गरे।

उनले छात्रवृत्ति उपलब्ध गराउने संस्थालाई योग्य विद्यार्थी पहिचान गर्न सहज हुने र विद्यार्थीलाई आवेदन प्रक्रियामा सहयोग पुग्ने प्रणाली निर्माण गर्न खोजे।

यसले दुई पक्षबीचको सूचना अन्तर कम गर्ने सम्भावना देखायो। छात्रवृत्ति दिने संस्था र अवसर खोजिरहेका विद्यार्थीबीचको दूरी घटाउनु नै यसको मुख्य व्यावसायिक तथा सामाजिक उद्देश्य थियो।

सोमाअपको आम्दानी र सञ्चालनलाई दीर्घकालीन बनाउन उनले व्यवसायबाट प्राप्त नाफाको केही हिस्सा स्थानीय विद्यार्थीको उच्च शिक्षामा सहयोग गर्न छुट्याउने अवधारणा पनि अघि सारे। अशोकाको विवरणमा यस्तो नाफाको पाँचदेखि १० प्रतिशतसम्म छात्रवृत्तिमा योगदान गर्ने प्रतिबद्धताबारे उल्लेख छ।

यसले उनको उद्यमशीलता केवल नाफामा केन्द्रित नभएको देखाउँछ। सामाजिक समस्या समाधान गर्दै व्यवसायलाई दिगो बनाउने अवधारणा उनको व्यावसायिक सोचको महत्त्वपूर्ण पक्ष थियो।

अन्तर्राष्ट्रिय पहिचान र व्यावसायिक विस्तार

सोमाअपको कामले युङ्गेलाई अफ्रिकाको युवा उद्यमशीलता क्षेत्रमा चिनाउन थाल्यो। उनी सामाजिक उद्यमशीलता र प्रविधिको प्रयोगमार्फत शिक्षा विस्तार गर्ने अभियन्ताका रूपमा स्थापित भए।

सन् २०१८ मा उनले क्विन्स योङ लिडर्स अवार्ड प्राप्त गरे। बेलायतकी तत्कालीन महारानी एलिजाबेथ द्वितीयबाट प्रदान गरिएको यो सम्मान युवा नेतृत्व र सामाजिक परिवर्तनमा योगदान पुर्‍याउने व्यक्तिलाई दिइन्थ्यो।

त्यसअघि र त्यसपछि पनि उनले विभिन्न अन्तर्राष्ट्रिय कार्यक्रम तथा नेतृत्व विकाससम्बन्धी अवसरमा सहभागिता जनाए। हार्वर्ड मिनिस्ट्रियल लिडरसिप कार्यक्रमसँग आबद्ध अनुभवले उनको नेतृत्व तथा नीतिगत बुझाइलाई थप विस्तार गर्‍यो।

सन् २०१९ मा उनलाई अशोका फेलोका रूपमा छनोट गरियो। अशोकाले सामाजिक उद्यमशीलता र सामाजिक परिवर्तनका क्षेत्रमा काम गर्ने व्यक्तिलाई फेलोका रूपमा पहिचान गर्दै आएको छ।

अशोकाले युङ्गेको कामलाई आर्थिक रूपमा कमजोर परिवारका विद्यार्थीलाई उच्च शिक्षामा पहुँच दिलाउने प्रयासका रूपमा व्याख्या गरेको छ।

फोर्ब्स अफ्रिकाको ३० अन्डर ३० सूचीमा समेत उनी समेटिएका थिए। यी उपलब्धिले उनको व्यक्तिगत पहिचान मात्र बढाएनन्, अफ्रिकामा प्रविधिमा आधारित सामाजिक उद्यमको सम्भावनालाई पनि अन्तर्राष्ट्रिय मञ्चमा पुर्‍याए।

तर युङ्गेले आफ्नो कामलाई छात्रवृत्तिको प्लेटफर्ममै सीमित राखेनन्। शिक्षा, प्रविधि, स्वास्थ्य र डिजिटल पहुँचका क्षेत्रमा नयाँ सम्भावना खोज्न थाले।

स्मार्टवाच तथा कृत्रिम बौद्धिकतामा आधारित उपकरणको अवधारणा विकासमा पनि उनी संलग्न भए। अफ्रिकी उपभोक्ताको आवश्यकता, स्थानीय व्यवहार र उत्पादनको मूल्यलाई ध्यानमा राखेर प्रविधि विकास गर्नुपर्ने उनको धारणा थियो।

उनका लागि प्रविधि महँगो उत्पादन बेच्ने माध्यम मात्र थिएन। सर्वसाधारणको जीवनमा उपयोगी परिवर्तन ल्याउने साधन थियो।

स्मार्टफोन बजारमा नयाँ सम्भावना

अफ्रिकामा मोबाइल फोनको प्रयोग तीव्र रूपमा विस्तार भइरहेको छ। शिक्षा, स्वास्थ्य, बैंकिङ, कृषि, व्यापार र सञ्चारका गतिविधि क्रमशः डिजिटल माध्यममा केन्द्रित हुँदै गएका छन्।

तर डिजिटल सेवाको विस्तारसँगै एउटा ठूलो समस्या पनि देखिएको छ- स्मार्टफोनको मूल्य।

मोबाइल नेटवर्कको पहुँच पुगेका धेरै क्षेत्रमा सर्वसाधारणले स्मार्टफोन खरिद गर्न सकिरहेका छैनन्। विशेषगरी न्यून आय भएका परिवारका लागि स्मार्टफोन अझै महँगो उपकरण हो।

यसले डिजिटल अर्थतन्त्रमा सहभागिता जनाउने अवसरलाई सीमित बनाइरहेको छ। विद्यार्थीले अनलाइन शिक्षा लिन, किसानले बजार मूल्य बुझ्न, साना व्यवसायीले डिजिटल भुक्तानी गर्न र सर्वसाधारणले अनलाइन सेवा प्रयोग गर्न स्मार्टफोन आवश्यक पर्छ।

तर उपकरण नै महँगो भएपछि डिजिटल पहुँच विस्तारको उद्देश्य अधुरो रहन्छ।

जीएसएमएको सन् २०२५ को प्रतिवेदनले पनि अफ्रिकामा मोबाइल इन्टरनेट प्रयोग विस्तारको प्रमुख अवरोधमध्ये स्मार्टफोनको मूल्यलाई औँल्याएको छ। सब-सहारा अफ्रिकामा प्रवेशस्तरको स्मार्टफोनको औसत मूल्य न्यून आय भएका मानिसका लागि ठूलो आर्थिक भार बन्ने गरेको प्रतिवेदनको निष्कर्ष छ।

यही बजार समस्यालाई युङ्गेले नयाँ व्यावसायिक अवसरका रूपमा हेरे।

विश्वव्यापी ब्रान्डका स्मार्टफोन उपलब्ध भए पनि अफ्रिकी उपभोक्ताको क्रयशक्ति, स्थानीय आवश्यकता र भाषागत विविधताअनुसार सस्तो तथा उपयोगी उपकरणको बजारमा अझै सम्भावना रहेको उनको बुझाइ थियो।

यसै सोचबाट गुडसम परियोजना अघि बढ्यो।

गुडसमको उद्देश्य अफ्रिकाका सर्वसाधारणलाई तुलनात्मक रूपमा किफायती मूल्यमा गुणस्तरीय स्मार्टफोन उपलब्ध गराउनु हो। यसमा स्मार्टफोन बिक्रीलाई मात्र केन्द्रमा नराखी डिजिटल पहुँच र समुदायमा आधारित वितरण प्रणालीलाई पनि जोडिएको छ।

युङ्गेको अवधारणाअनुसार स्मार्टफोन प्रयोग गर्न चाहने मानिससँग खरिद गर्ने पर्याप्त रकम नहुन सक्छ। त्यसैले उत्पादनको मूल्य घटाउने प्रयाससँगै किस्ताबन्दी तथा स्थानीय वितरण प्रणालीलाई पनि महत्त्व दिइएको छ।

उनको आफ्नै विवरणअनुसार गुडसमको उत्पादन शृङ्खला चीनको सेन्जेन र सिचुआनसँग जोडिएको छ। यसले एउटा महत्त्वपूर्ण व्यावसायिक यथार्थ पनि देखाउँछ- अफ्रिकाको बजारलाई लक्षित गरेर उत्पादन निर्माण गर्न खोज्नु र उत्पादन अफ्रिकामै उत्पादन गर्नु एउटै कुरा होइन।

गुडसमले अफ्रिकी उपभोक्ताको आवश्यकताअनुसार उत्पादनको डिजाइन, सफ्टवेयर र वितरण प्रणाली विकास गर्ने अवधारणा अघि सारेको छ।

यस परियोजनाको विशेषता स्मार्टफोनलाई स्थानीय आवश्यकता र उपभोक्ताको क्रयशक्तिसँग जोड्ने प्रयास हो। उत्पादनको मूल्य, टिकाउपन, ब्याट्री क्षमता र स्थानीय भाषामा प्रयोग गर्न सकिने सुविधालाई महत्त्व दिइएको छ।

उत्पादनभन्दा फरक वितरणको व्यावसायिक मोडल

गुडसमको अर्को महत्त्वपूर्ण पक्ष यसको वितरण प्रणाली हो। युङ्गेले स्मार्टफोन बजारमा प्रवेश गर्दा परम्परागत वितरक र खुद्रा पसलमा मात्र निर्भर रहने मोडलभन्दा समुदायमा आधारित वितरणको अवधारणा अघि सारेका छन्।

यसअन्तर्गत महिलालाई स्थानीय एजेन्ट तथा वितरकका रूपमा जोड्ने योजना छ। शाङ्गाजी नेटवर्क नाम दिइएको यो अवधारणाले महिलालाई डिजिटल सीप, वित्तीय साक्षरता र व्यवसाय सञ्चालनसम्बन्धी तालिमसँग जोड्दै स्मार्टफोन वितरणमा सहभागी गराउने लक्ष्य राखेको छ।

यसको व्यावसायिक तर्क स्पष्ट छ। स्थानीय समुदायमा विश्वास प्राप्त गरेका व्यक्तिमार्फत उत्पादन बिक्री गर्दा ग्राहकसम्म पुग्न सहज हुन्छ। ठूला सहरमा सीमित रहेको वितरण प्रणालीलाई ग्रामीण क्षेत्रसम्म विस्तार गर्न सकिन्छ।

त्यसैगरी स्थानीय महिलाले उत्पादन बिक्रीबाट आम्दानी गर्न सक्ने अवसर पनि सिर्जना हुन्छ।

यसले एउटै व्यवसायभित्र दुईवटा बजार निर्माण गर्ने प्रयास देखाउँछ। पहिलो, स्मार्टफोन खरिद गर्ने उपभोक्ता। दोस्रो, स्मार्टफोन वितरण गरेर आम्दानी गर्न चाहने स्थानीय एजेन्ट।

गुडसमको वेबसाइटमा उपलब्ध विवरणअनुसार कम्पनीले किस्ताबन्दीमा स्मार्टफोन उपलब्ध गराउने, स्थानीय मोबाइल मनीमार्फत साप्ताहिक भुक्तानी गर्ने र प्रारम्भिक अग्रिम रकमबिना फोन प्राप्त गर्न सकिने मोडलसमेत अघि सारेको छ।

यस्तो प्रणालीले न्यून आय भएका उपभोक्तालाई महँगो उपकरण एकैपटक खरिद गर्नुपर्ने बाध्यता कम गर्न सक्छ। तर यसलाई सफल बनाउन वित्तीय जोखिम व्यवस्थापन, ग्राहकको भुक्तानी क्षमता, उपकरणको गुणस्तर र बिक्रीपछिको सेवा प्रभावकारी हुनुपर्छ।

किफायती मूल्यमा स्मार्टफोन उपलब्ध गराउनु मात्र पर्याप्त हुँदैन। ग्राहकले लामो समयसम्म प्रयोग गर्न सक्ने उपकरण, मर्मत सेवा र सफ्टवेयर अद्यावधिकको व्यवस्था पनि आवश्यक हुन्छ।

यस अर्थमा गुडसमको सफलता उत्पादनको मूल्यमा मात्र निर्भर रहने छैन। यसको वितरण सञ्जाल, उपभोक्ताको विश्वास र दीर्घकालीन सेवा प्रणालीले पनि निर्णायक भूमिका खेल्नेछ।

प्रविधिमा अफ्रिकी आवश्यकताको खोजी

युङ्गेको व्यावसायिक सोचमा स्थानीय आवश्यकता बुझ्ने पक्ष महत्त्वपूर्ण छ। अफ्रिकाको बजारलाई एउटै प्रकारको उपभोक्ता समूहका रूपमा बुझ्न सकिँदैन। विभिन्न देशमा भाषा, आम्दानी, भौगोलिक अवस्था, इन्टरनेट पहुँच र उपभोग व्यवहार फरक छन्।

त्यसैले विश्व बजारमा सफल भएको उत्पादन जस्ताको तस्तै अफ्रिकामा ल्याउँदा अपेक्षित सफलता प्राप्त नहुन सक्छ।

गुडसमले स्थानीय भाषाको समर्थन, कृत्रिम बौद्धिकतामा आधारित सुविधा र अफ्रिकी उपभोक्ताको दैनिक जीवनसँग जोडिने एप्लिकेसनलाई प्राथमिकता दिएको छ।

कृषि, शिक्षा, सञ्चार तथा वित्तीय सेवासँग जोडिने प्रविधि यसको अवधारणामा समावेश छन्।

यसले स्मार्टफोनलाई सामान्य सञ्चार उपकरणबाट डिजिटल सेवाको प्रवेशद्वारका रूपमा विकास गर्ने सम्भावना प्रस्तुत गर्छ।

युङ्गेले यसलाई केवल हार्डवेयरको व्यवसायका रूपमा अघि बढाउन खोजेका छैनन्। उपकरणसँगै सफ्टवेयर र स्थानीय वितरण प्रणाली जोडेर व्यापक डिजिटल इकोसिस्टम निर्माण गर्ने उनको लक्ष्य देखिन्छ।

तर यस क्षेत्रमा प्रतिस्पर्धा अत्यन्त तीव्र छ। विश्वका स्थापित स्मार्टफोन ब्रान्डसँग प्रतिस्पर्धा गर्न मूल्य मात्र पर्याप्त हुँदैन। उत्पादनको विश्वसनीयता, प्रविधिको गुणस्तर, बजार विस्तार र ग्राहकको अनुभवमा पनि उत्कृष्ट हुनुपर्छ।

त्यसैले गुडसमको वास्तविक व्यावसायिक उपलब्धि मूल्यांकन गर्दा प्रचारमा प्रस्तुत गरिएका दाबीभन्दा वास्तविक बिक्री, वितरण, ग्राहक संख्या र वित्तीय परिणामलाई आधार बनाउनुपर्ने हुन्छ।

सामाजिक उद्देश्य र व्यावसायिक नाफाबीचको सन्तुलन

युङ्गेको यात्रामा देखिने अर्को महत्त्वपूर्ण पक्ष सामाजिक उद्देश्य र व्यावसायिक नाफाबीचको सन्तुलन हो।

सोमाअपको सुरुवात गर्दा उनले शिक्षामा पहुँचको समस्या समाधान गर्न खोजेका थिए। गुडसममा प्रवेश गर्दा डिजिटल पहुँचको असमानता कम गर्ने लक्ष्य राखेका छन्।

यी दुवै परियोजनाको केन्द्रमा प्रविधि भए पनि बजार र ग्राहक फरक छन्। एउटा विद्यार्थीलाई शैक्षिक अवसरसँग जोड्ने डिजिटल सेवा हो भने अर्को स्मार्टफोन र त्यससँग सम्बन्धित सेवाको बजार हो।

तर दुवैमा साझा व्यावसायिक सोच छ- अवसरबाट वञ्चित समूहलाई बजारको केन्द्रमा ल्याउने।

सामान्यतया व्यवसायले बढी क्रयशक्ति भएका उपभोक्तालाई प्राथमिकता दिन्छ। तर युङ्गेले न्यून आय भएका मानिसलाई पनि प्रविधिको उपभोक्ता र व्यवसायको सम्भावित साझेदारका रूपमा हेरेका छन्।

यसले बजार विस्तारको नयाँ बाटो खोल्न सक्छ। ठूलो संख्यामा रहेका तर पर्याप्त सेवा नपाएका उपभोक्तालाई लक्षित गर्दा व्यवसायले नयाँ बजार निर्माण गर्न सक्छ।

तर सामाजिक उद्देश्यले मात्र व्यवसाय टिकाउ हुँदैन। उत्पादन लागत, वितरण खर्च, वित्तीय व्यवस्थापन, लगानीको प्रतिफल र बजार प्रतिस्पर्धालाई व्यवस्थित गर्नुपर्छ।

युङ्गेको आगामी व्यावसायिक यात्रामा यही चुनौती महत्त्वपूर्ण हुनेछ।

अफ्रिकाको डिजिटल अर्थतन्त्रमा नयाँ सम्भावना

अफ्रिकाको डिजिटल अर्थतन्त्र विस्तार हुँदै जाँदा स्मार्टफोन, मोबाइल भुक्तानी, डिजिटल शिक्षा र अनलाइन व्यापारको माग पनि बढिरहेको छ।

जीएसएमएको सन् २०२६ को मोबाइल अर्थतन्त्रसम्बन्धी प्रतिवेदनले अफ्रिकामा मोबाइल इन्टरनेटको पहुँच विस्तार भए पनि ठूलो जनसंख्या अझै अफलाइन रहेको देखाएको छ। उपकरणको मूल्य र डिजिटल सेवामा पहुँचको लागत यसका प्रमुख कारणमध्ये पर्छन्।

यस्तो अवस्थामा स्थानीय आवश्यकता बुझेर किफायती प्रविधि उपलब्ध गराउने व्यवसायका लागि बजार सम्भावना छ।

तर यो सम्भावना उपयोग गर्न अफ्रिकी उद्यमीले अन्तर्राष्ट्रिय आपूर्ति शृङ्खला, प्रविधि विकास, स्थानीय वितरण र उपभोक्ता वित्तीय सेवाबीच सन्तुलन कायम गर्नुपर्ने हुन्छ।

युङ्गेको गुडसम परियोजनाले यही चुनौतीलाई सम्बोधन गर्ने प्रयास गरेको छ।

चीनमा रहेको उत्पादन आपूर्ति शृङ्खलालाई अफ्रिकी बजारसँग जोड्ने, स्थानीय एजेन्टमार्फत वितरण विस्तार गर्ने र डिजिटल सेवासँग स्मार्टफोनलाई एकीकृत गर्ने योजना यसको आधार हो।

यसलाई सफल बनाउन सके स्मार्टफोन बिक्रीभन्दा फराकिलो डिजिटल व्यवसाय निर्माण हुन सक्छ। तर त्यसका लागि उत्पादनको वास्तविक उपलब्धता, बिक्रीपछिको सेवा र वित्तीय दिगोपन प्रमाणित हुन बाँकी छ।

युङ्गेको व्यावसायिक यात्रालाई केवल एउटा नयाँ स्मार्टफोन ब्रान्डको कथाका रूपमा बुझ्नु अपूरो हुन्छ। यसको पृष्ठभूमिमा शिक्षा, सामाजिक परिवर्तन, प्रविधि र बजारको आवश्यकता पहिचान गर्ने लामो अनुभव छ।

बाल्यकालमा विद्यालय पुग्न संघर्ष गरेका उनी आज विद्यार्थीलाई छात्रवृत्तिसँग जोड्ने प्रविधि निर्माणमा संलग्न छन्। सडकमा रहेका बालबालिकाको आवाज रेडियोमार्फत उठाएका उनी अहिले डिजिटल पहुँचबाट वञ्चित समुदायलाई बजारसँग जोड्ने प्रयासमा छन्।

उनको जीवनयात्राले देखाउँछ- व्यवसायको सम्भावना सधैँ बजारमा पहिल्यै स्थापित मागबाट मात्र जन्मिँदैन। कहिलेकाहीँ समाजले लामो समयदेखि भोगिरहेको समस्यालाई फरक दृष्टिले हेर्दा नयाँ बजार र नयाँ व्यवसायको आधार तयार हुन्छ।

युङ्गेका लागि प्रविधि त्यही परिवर्तनको माध्यम बनेको छ।

सोमाअपबाट सुरु भएको उनको यात्रा गुडसमसम्म आइपुग्दा शिक्षा र डिजिटल पहुँचलाई व्यावसायिक अवसरसँग जोड्ने प्रयासमा विस्तार भएको छ।

अब उनको चुनौती भनेको अवधारणालाई दिगो व्यवसायमा रूपान्तरण गर्नु हो। अफ्रिकाको विशाल बजारमा किफायती स्मार्टफोन उपलब्ध गराउने लक्ष्य आकर्षक भए पनि त्यसलाई वास्तविक उपलब्धिमा बदल्न उत्पादन, वितरण, लगानी र उपभोक्ताको विश्वास जित्नुपर्नेछ।

एउटा कुरा भने स्पष्ट छ- म्वान्जाको अभावपूर्ण बाल्यकालबाट अन्तर्राष्ट्रिय उद्यमशीलताको मञ्चसम्म पुगेका युङ्गेको यात्रा केवल व्यक्तिगत सफलताको कथा होइन। आफ्नै जीवनमा देखेको समस्यालाई व्यवसायको अवसरमा बदल्न सकिने उद्यमशील सोचको उदाहरण पनि हो।

2