Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

bahsegel giriş bahsegel bahsegel bettilt-app.com bahsegel bahsegel bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş paribahis bahsegel güncel giriş bahsegel bettilt giriş bettilt

Türkiye’de canlı rulet, klasik ruletin dijital versiyonundan daha çok tercih edilir ve bettilt giriş bu farkı belirgin kılar.

नेपाल बैंकले मोबाइल एपबाटै २ लाख रुपैयाँसम्मको कर्जा दिने

नेपाल बैंकले मोबाइल एपबाटै २ लाख रुपैयाँसम्मको कर्जा दिने
A A+ A-

काठमाडौं । नेपाल बैंक लिमिटेडले आफ्नो ९०औं वार्षिकोत्सवको अवसरमा मोबाइल बैंकिङ एपमार्फत दुई लाख रुपैयाँसम्म कर्जा उपलब्ध गराउने नयाँ सेवा सुरु गरेको छ । बैंकले ‘एनबीएल बैंकस्मार्ट एक्सपी’ एपमार्फत ‘एनबीएल फोनलोन’ नामक डिजिटल कर्जा सेवा सञ्चालनमा ल्याएको हो ।

फोनलोन प्रालिद्वारा सञ्चालित यस सेवामार्फत बैंकका योग्य ग्राहकले बिना धितो, कागजी प्रक्रिया र बैंक शाखा नगई मोबाइल एपबाटै दुई लाख रुपैयाँसम्म कर्जा प्राप्त गर्न सक्नेछन् । पूर्ण रूपमा डिजिटल माध्यमबाट उपलब्ध हुने यो सेवाले ग्राहकलाई छिटो, सरल र सहज रूपमा औपचारिक कर्जामा पहुँच पुर्‍याउने बैंकको विश्वास छ ।

कर्जाको सीमा तथा योग्यता बैंकले निर्धारण गरेका मापदण्डका आधारमा तय हुनेछ । यसमा ग्राहकको खातामा नियमित रूपमा तलब जम्मा हुने अवस्था, हाल कायम कर्जा दायित्व र विगतको कर्जा भुक्तानी व्यवहारलाई आधार बनाइनेछ ।

ग्राहकले कर्जा लिँदा एक महिनाभित्र वा १२ महिनासम्म किस्ताबन्दीमा भुक्तानी गर्ने विकल्प रोज्न सक्नेछन् । साथै, तोकिएको अवधिअगावै कर्जा चुक्ता गर्न चाहेमा पूर्वभुक्तानीको सुविधा पनि उपलब्ध हुनेछ ।

बैंकबाट मोबाइल बैंकिङ सेवा लिइरहेका ग्राहकले आवश्यक योग्यता तथा दर्ता प्रक्रिया पूरा गरी एनबीएल बैंकस्मार्ट एक्सपी एपमार्फत यो सेवा उपयोग गर्न सक्नेछन् । योग्य ग्राहकले एपबाटै कर्जाका लागि आवेदन दिन सक्ने व्यवस्था गरिएको बैंकले जनाएको छ ।

बैंकको ९०औं वार्षिकोत्सव समारोहका अवसरमा उक्त सेवाको शुभारम्भ गरिएको हो । सेवाका सम्बन्धमा नेपाल बैंक लिमिटेडका खुद्रा कर्जा विभागका प्रमुख प्रबन्धक अर्जुनबहादुर कँडेलले ग्राहकलाई सुरक्षित, सहज र पूर्ण रूपमा डिजिटल कर्जा समाधान उपलब्ध गराउनु बैंकको उद्देश्य रहेको बताए ।

उनले प्रविधिको उपयोग गर्दै वित्तीय सेवामा पहुँच विस्तार गर्नु र ग्राहकलाई सरल तथा सुविधाजनक बैंकिङ सेवा प्रदान गर्नु बैंकको प्राथमिकता रहेको उल्लेख गरे । बैंकको ९०औं वार्षिकोत्सवका अवसरमा नवीन प्रविधि अवलम्बन गर्दै डिजिटल बैंकिङ सेवालाई थप प्रभावकारी बनाउन प्रतिबद्ध रहेको उनको भनाइ छ ।

एनबीएल फोनलोन सेवाको सुरुवातले बैंकको डिजिटल बैंकिङ सेवालाई थप विस्तार गर्नुका साथै ग्राहक सुविधामा वृद्धि गर्ने र डिजिटल माध्यमबाट औपचारिक कर्जामा पहुँच बढाउने अपेक्षा गरिएको छ । यसले प्रविधिमैत्री तथा ग्राहककेन्द्रित बैंकिङ सेवा विस्तारमा समेत सहयोग पुग्ने बैंकको विश्वास छ ।

2