काठमाडौं। नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोलामा २ हजार ८०० रुपैयाँ घटेर दुई लाख ४२ हजार ६०० रुपैयाँ कायम भएको छ। अघिल्लो दिन शुक्रबार सुनको मूल्य प्रतितोला दुई लाख ४५ हजार ४०० रुपैयाँमा कारोबार भएको थियो।
त्यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ। महासंघका अनुसार आज चाँदीको मूल्य प्रतितोलामा ४५ रुपैयाँले घटेर तीन हजार ६५ रुपैयाँ कायम भएको छ। अघिल्लो दिन शुक्रबार चाँदीको मूल्य प्रतितोला तीन हजार ११० रुपैयाँमा कारोबार भएको थियो।
