काठमाडौं: कीर्तिपुरको ढल्पामा सञ्चालित एक सिरक डसना बनाउने कारखानामा आइतबार दिउँसो आगलागी भएको छ।
जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एवं प्रहरी उपरीक्षक दानबहादुर थापाका अनुसार आगलागीको सूचना प्राप्त भएलगत्तै अहिले दमकलको सहायताले आगो नियन्त्रणमा लिने प्रयास भइरहेको छ।
आगो निभाउने कार्य जारी रहेकाले घटनाबाट भएको क्षतिको पूर्ण विवरण आउन बाँकी रहेको प्रहरी उपरीक्षक थापाले जानकारी दिए।
