काठमाडौं: प्रधानमन्त्रीको भारत भ्रमणका अवसरमा नयाँ दिल्लीस्थित होटल ताज महलमा नेपाल-भारत बिजनेस राउन्डटेबल सुरु भएको छ। सोमबार साँझ सुरु भएको उक्त कार्यक्रममा दुवै देशका सरकारी अधिकारी तथा निजी क्षेत्रका प्रतिनिधिहरूको सहभागिता रहेको छ।
नेपालको तर्फबाट अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अन्जन श्रेष्ठ सहभागी छन्। त्यसैगरी, भारतको तर्फबाट उद्योग तथा वाणिज्य राज्यमन्त्री जितिन प्रसाद र सीआईआई इन्टरनेसनलका सहसंयोजक तथा सन इन्टरनेसनलका अध्यक्ष विक्रमजित सिंह साहनीलगायतको उपस्थिति रहेको छ।
नेपाल उद्योग वाणिज्य महासंघ र कन्फेडेरेसन अफ इन्डियन इन्ड्रस्ट्रीले संयुक्त रूपमा आयोजना गरेको यस राउन्डटेबलमा दुई देशबीचको व्यापार, लगानी र आर्थिक साझेदारी विस्तार गर्ने विषयमा छलफल हुनेछ। प्रधानमन्त्रीको भारत भ्रमणका क्रममा दुई देशका उद्योगी तथा सरकारी अधिकारीहरूबीच सहकार्य र लगानीका अवसरहरूबारे विचार आदान-प्रदान गर्न यस्तो कार्यक्रम आयोजना गरिँदै आएको छ।
