Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

bahsegel giriş bahsegel bahsegel bettilt-app.com bahsegel bahsegel bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş paribahis bahsegel güncel giriş bahsegel bettilt giriş bettilt

Türkiye’de canlı rulet, klasik ruletin dijital versiyonundan daha çok tercih edilir ve bettilt giriş bu farkı belirgin kılar.

बैंकमा ८५ खर्ब निक्षेप

बैंकमा ८५ खर्ब निक्षेप
A A+ A-

काठमाडौं । नेपालको बैंकिङ प्रणालीमा निक्षेप निरन्तर बढ्दै गए पनि निजी क्षेत्रमा कर्जा विस्तार अपेक्षाकृत सुस्त देखिएको छ। बैंक तथा वित्तीय संस्थामा ८५ खर्ब रुपैयाँभन्दा बढी निक्षेप जम्मा हुँदा निजी क्षेत्रमा प्रवाहित कर्जा भने ६० खर्ब ४१ अर्ब रुपैयाँ पुगेको छ।

नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक वर्ष २०८३/८४ को पहिलो तीन महिनाको आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदनअनुसार असोज मसान्तसम्म बैंक तथा वित्तीय संस्थाको कुल निक्षेप ८५ खर्ब ९ अर्ब रुपैयाँ पुगेको हो।

समीक्षा अवधिमा बैंक तथा वित्तीय संस्थामा २ खर्ब ३२ अर्ब ८९ करोड रुपैयाँ निक्षेप थपिएको छ। तर निजी क्षेत्रमा प्रवाहित कर्जा भने १ खर्ब ८४ अर्ब १९ करोड रुपैयाँले मात्रै वृद्धि भएको छ। यसअनुसार निक्षेप वृद्धिको तुलनामा कर्जा विस्तार ४८ अर्ब ७० करोड रुपैयाँ कम रहेको छ।

वार्षिक बिन्दुगत आधारमा निक्षेप १३.७ प्रतिशतले बढ्दा निजी क्षेत्रमा प्रवाहित कर्जा ८.३ प्रतिशतले मात्रै वृद्धि भएको राष्ट्र बैंकको तथ्यांकले देखाएको छ।

बैंकमा निक्षेप बढ्नु सकारात्मक भए पनि त्यसअनुसार कर्जा प्रवाह विस्तार हुन नसक्दा निजी क्षेत्रको लगानी र आर्थिक गतिविधिबारे प्रश्न उठेको छ। विशेषगरी उद्योग, कृषि, व्यापार तथा उत्पादनमूलक क्षेत्रमा अपेक्षित लगानी हुन नसक्नु चुनौतीका रूपमा देखिएको छ।

यद्यपि निक्षेप र कर्जाबीचको अन्तरलाई बैंकमा निष्क्रिय रहेको रकमका रूपमा मात्रै बुझ्न मिल्दैन। बैंकहरूले तरलता व्यवस्थापन, अनिवार्य मौज्दात तथा सरकारी धितोपत्रलगायतका क्षेत्रमा पनि रकम परिचालन गर्ने गर्छन्।

बैंकिङ प्रणालीमा पर्याप्त तरलता उपलब्ध हुँदाहुँदै पनि निजी क्षेत्रमा कर्जा विस्तार सुस्त रहनुले लगानीको वातावरण र व्यवसायीको कर्जा माग कमजोर रहेको अवस्थालाई संकेत गर्छ।

अब बैंकमा जम्मा भएको रकमलाई उत्पादन, उद्योग, कृषि तथा उद्यमशीलतामा परिचालन गरी रोजगारी र आर्थिक गतिविधि विस्तार गर्नु वित्तीय क्षेत्रको प्रमुख चुनौती बनेको छ।

2