Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

bahsegel giriş bahsegel bahsegel bettilt-app.com bahsegel bahsegel bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş paribahis bahsegel güncel giriş bahsegel bettilt giriş bettilt

Türkiye’de canlı rulet, klasik ruletin dijital versiyonundan daha çok tercih edilir ve bettilt giriş bu farkı belirgin kılar.

बैंकिङ प्रणालीको अधिक तरलता एकै दिन १ खर्ब २३ अर्बले घट्यो

बैंकिङ प्रणालीको अधिक तरलता एकै दिन १ खर्ब २३ अर्बले घट्यो
A A+ A-

काठमाडौं । बैंकिङ प्रणालीमा रहेको अधिक तरलता एकै दिनमा १ खर्ब २३ अर्ब ५५ करोड रुपैयाँले घटेको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको मंसिर ७ गतेसम्मको केन्द्रीय बैंक सर्वेक्षण तथा तरलता स्थितिसम्बन्धी तथ्यांकले यस्तो देखाएको हो ।

राष्ट्र बैंकका अनुसार बैंकिङ प्रणालीमा रहेको अधिक तरलता घटेर ५१ अर्ब १५ करोड ७७ लाख रुपैयाँमा झरेको छ । जबकि अघिल्लो दिन यस्तो अधिक तरलता १ खर्ब ७४ अर्ब ७१ करोड ६२ लाख रुपैयाँ रहेको थियो । यससँगै एकै दिनमा अधिक तरलता करिब ७०.७२ प्रतिशतले घटेको छ ।

तरलता घट्नुमा राष्ट्र बैंकका मौद्रिक उपकरणमार्फत रकम प्रशोचन हुनु प्रमुख कारण देखिएको छ । राष्ट्र बैंकको स्थायी निक्षेप सुविधा (एसडीएफ) अन्तर्गत बैंक तथा वित्तीय संस्थाले १ खर्ब २५ अर्ब १० करोड रुपैयाँ राखेका छन् । बैंकहरूले तत्काल कर्जा प्रवाह गर्न नसकेको अतिरिक्त रकम केन्द्रीय बैंकमा जम्मा गर्दा बजारमा उपलब्ध तरलता घट्ने गर्छ ।

त्यस्तै, राष्ट्र बैंकले निक्षेप संकलन बोलकबोलमार्फत ८ खर्ब ५५ अर्ब ७० करोड रुपैयाँ र राष्ट्र बैंक ऋणपत्रमार्फत ४ खर्ब रुपैयाँ प्रशोचन गरेको छ । एसडीएफमा रहेको रकमसमेत जोड्दा यी मौद्रिक उपकरणमार्फत प्रशोचित रकम १३ खर्ब ८० अर्ब ८० करोड रुपैयाँ पुगेको छ ।

राष्ट्र बैंकको तथ्यांकअनुसार बैंक तथा वित्तीय संस्थाको केन्द्रीय बैंकमा रहेको कुल मौज्दात पनि एकै दिनमा १ खर्ब २३ अर्ब ५५ करोड ८५ लाख रुपैयाँले घटेको छ । यस्तो मौज्दात घटेर ३ खर्ब ४८ अर्ब ६३ करोड ६० लाख रुपैयाँ कायम भएको छ । बैंक तथा वित्तीय संस्थाले अनिवार्य रूपमा कायम गर्नुपर्ने मौज्दात भने २ खर्ब ९७ अर्ब ४७ करोड ८३ लाख रुपैयाँ रहेको छ ।

समग्रमा हेर्दा बैंकिङ प्रणालीको अधिक तरलता अघिल्लो महिनाको तुलनामा ४ खर्ब ८७ अर्ब २५ करोड रुपैयाँले घटिसकेको छ । गत आर्थिक वर्षको अन्त्यसँग तुलना गर्दा पनि अधिक तरलता ६९ अर्ब ४४ करोड ९० लाख रुपैयाँले कम भएको राष्ट्र बैंकको तथ्यांकले देखाउँछ ।

यद्यपि, अधिक तरलतामा आएको गिरावटलाई बैंक तथा वित्तीय संस्थाको कुल निक्षेप घटेको अर्थमा बुझ्न मिल्दैन । बैंकहरूले राष्ट्र बैंकका विभिन्न मौद्रिक उपकरणमा अतिरिक्त रकम राख्दा तत्काल बजारमा परिचालन गर्न सकिने रकम घट्ने गर्छ ।

बैंकिङ प्रणालीमा उपलब्ध अधिक तरलताले कर्जा प्रवाह क्षमता, अन्तरबैंक ब्याजदर तथा अल्पकालीन ब्याजदर व्यवस्थापनमा प्रभाव पार्ने भएकाले यसको निरन्तर परिवर्तनलाई वित्तीय क्षेत्रले महत्त्वका साथ हेर्ने गरेको छ ।

2