Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

2026 yılının en çok konuşulacak yeniliklerinden biri bettilt olacak.

मलको आपूर्ति सहज पार्ने स्पष्ट खाका पेस गर्न प्रमको निर्देशन

मलको आपूर्ति सहज पार्ने स्पष्ट खाका पेस गर्न प्रमको निर्देशन
अ+ अ-

काठमाडौँ- प्रधानमन्त्री केपी शर्मा ओलीले रासायनिक मलको आपूर्ति व्यवस्था कसरी सहज पार्न सकिन्छ भनेर तीन दिनभित्र स्पष्ट खाका पेस गर्न कृषि तथा पशुपन्छी विकास मन्त्रालयलाई निर्देशन दिनुभएको छ । प्रधानमन्त्रीले कृषि तथा पशुपन्छी विकासमन्त्री, मुख्य सचिव, कृषि सचिव, कृषि सामग्री कम्पनी र साल्ट टे«डिङ कर्पाेरेसनका प्रमुखसँग मङ्गलबार छलफल गरी कृषि मल व्यवस्थापन र उत्पादन वृद्धिबारे तीन दिनभित्र स्पष्ट खाका पेस गर्न तीनबुँदे निर्देशन दिनुभएको हो ।

प्रधानमन्त्रीको सचिवालयका अनुसार धान बालीमा किसानले सहज ढङ्गले मल नपाएको गुनासो आएपछि यस विषयमा प्रधानमन्त्रीले सम्बन्धित निकायलाई बोलाएर छलफल गर्नुभएको हो । सो अवसरमा मलको आयात, मौज्दात र वितरण अवस्थाबारे प्रधानमन्त्रीले जानकारी लिनुभएको मन्त्रालयले जनाएको छ ।

छलफलपछि प्रधानमन्त्रीले रासायनिक मलको आपूर्ति व्यवस्था चुस्तदुरुस्त गराउन नयाँ ढाँचासहितको तीन दिनभित्र ठोस योजना ल्याउन निर्देशन दिनुभएको कृषि मन्त्रालयले जनाएको छ ।

छलफलमा प्रधानमन्त्रीले रासायनिक मलको प्रयोगसँगै कम्पोस्ट र आर्गानिक मलको उत्पादन र प्रयोगका लागि राष्ट्रिय अभियान सञ्चालन तथा यसमा अनुदान नीतिको प्रस्ताव ल्याउन निर्देशन दिनुभएको मन्त्रालयका सहसचिव रामकृष्ण श्रेष्ठले जानकारी दिनुभयो । यस्तै कृषि मन्त्रालय र उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयको समन्वयमा माटोको उर्वरता बचाउने खालको रासायनिक मल कारखाना नेपालमै खोल्न अध्ययनको खाका ल्याउनसमेत प्रधानमन्त्रीले निर्देशन दिनुभएको छ । बैठकमा रासायनिक मलको आयात, वितरण, मौज्दातको अवस्था, टेन्डर, माग अनुसार आपूर्ति गर्न नसकिएको र वितरण प्रणालीमा समस्यालगायतका विषयमा प्रधानमन्त्रीलाई जानकारी गराएको सहसचिव श्रेष्ठले जानकारी दिनुभयो ।

मन्त्रालयले मलको आपूर्ति नियमित रूपमा भइरहेको जनाए पनि किसानले समयमा मल पाउन सकेका छैनन् । बजारमा माग अनुसार मलको आपूर्ति कम हुनुका साथै वितरण प्रणालीमा देखिएको समस्याका कारण धान बालीमा मल हाल्ने समयमा बर्सेनि किसानले अभाव खेप्नु परेको छ ।

युद्धका कारण अन्तर्राष्ट्रिय बजारमा मूल्य बढ्दा माग अनुसार मलको आपूर्ति हुन नसक्नु, प्रदेश र स्थानीय तहले समयमा नै कोटा निर्धारण नगर्नु र सहकारीले समयमा कोटा अनुसार मल लिन नआउँदा पनि किसानले पर्याप्त मात्रामा मल पाउन नसकेको सरकारी अधिकारीको भनाइ छ ।

कृषि सामग्री कम्पनी लिमिटेड र साल्ट टे«डिङ कर्पाेरेसनसँग हाल ३० हजार ९८३ मेट्रिक टन रासायनिक मल मौज्दात छ । जसमा युरिया १९ हजार ९२३ मेट्रिक टन, डिएपी १० हजार ४४८ मेट्रिक टन र ६११ मेट्रिक टन छ ।

यस्तै मन्त्रालयले चालु आव २०८२/८३ मा छ लाख मेट्रिक टन मलको खरिद गर्ने लक्ष्य राखेको छ । मल खरिदका लागि २८ अर्ब ८२ करोड रुपियाँ बजेट विनियोजन गरिएको छ । चालु आवको बजेटमार्फत तीन लाख मेट्रिक टन मल खरिदका लागि बोलपत्र आह्वान भइसकेको मन्त्रालयले जनाएको छ ।

यस्तै रासायनिक मल एक लाख ४० हजार ५०४ मेट्रिक टन मल आउने क्रममा छ । यसमध्ये कृषि सामग्री कम्पनीतर्फ ७८ हजार ३४९ मेट्रिक टन र साल्ट ट्रेडिङतर्फ ६२ हजार १५४ मेट्रिक टन छ ।

2