सप्तरी- सप्तरीको सप्तकोसी नगरपालिका–४ स्थित तुलसी चौकबाट स्रोत नखुलेको २० लाख १८ हजार नगदसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा धनकुटा सहिदभूमि गाउँपालिका–३ का २१ वर्षीय जीवन लमजेल र २८ वर्षीय आयन राई रहेका छन् । प्रहरीले दुबै जनालाई सो रकमसहित पक्राउ गरेको हो ।
सप्तरीको कञ्चनपुरदेखि फत्तेपुरतर्फ जाँदै गरेको को ३३ प १८९४ नम्बरको मोटरसाइकलमा सवार उनीहरुलाई शङ्क लागि चेकजाँच गर्दा स्रोत नखुलेको नगद फेला परेको इलाका प्रहरी कार्यालय कञ्चनपुरका प्रमुख प्रहरी नायब उपरीक्षक माधव प्रसाद काफ्लेले बताउनुभयो ।
पक्राउ परेका दुबै जनालाई ईलाका प्रहरी कार्यालय कञ्चनपुरको हिरासतमा राखी थप अनुसन्धान भइरहेको प्रमुख प्रहरी नायब उपरीक्षक काफ्लेले जानकारी दिएको छ ।