Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

2026 yılının en çok konuşulacak yeniliklerinden biri bettilt olacak.

स्रोत नखुलेको २० लाख नगदसहित दुई जना पक्राउ

स्रोत नखुलेको २० लाख नगदसहित दुई जना पक्राउ
अ+ अ-

सप्तरी- सप्तरीको सप्तकोसी नगरपालिका–४ स्थित तुलसी चौकबाट स्रोत नखुलेको २० लाख १८ हजार नगदसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा धनकुटा सहिदभूमि गाउँपालिका–३ का २१ वर्षीय जीवन लमजेल र २८ वर्षीय आयन राई रहेका छन् । प्रहरीले दुबै जनालाई सो रकमसहित पक्राउ गरेको हो ।

सप्तरीको कञ्चनपुरदेखि फत्तेपुरतर्फ जाँदै गरेको को ३३ प १८९४ नम्बरको मोटरसाइकलमा सवार उनीहरुलाई शङ्क लागि चेकजाँच गर्दा स्रोत नखुलेको नगद फेला परेको इलाका प्रहरी कार्यालय कञ्चनपुरका प्रमुख प्रहरी नायब उपरीक्षक माधव प्रसाद काफ्लेले बताउनुभयो ।

पक्राउ परेका दुबै जनालाई ईलाका प्रहरी कार्यालय कञ्चनपुरको हिरासतमा राखी थप अनुसन्धान भइरहेको प्रमुख प्रहरी नायब उपरीक्षक काफ्लेले जानकारी दिएको छ ।

2