Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

bahsegel giriş bahsegel bahsegel bettilt-app.com bahsegel bahsegel bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş paribahis bahsegel güncel giriş bahsegel bettilt giriş bettilt

Türkiye’de canlı rulet, klasik ruletin dijital versiyonundan daha çok tercih edilir ve bettilt giriş bu farkı belirgin kılar.

नेपालसँगको सहकार्य थप विस्तार गर्न युएई इच्छुक

नेपालसँगको सहकार्य थप विस्तार गर्न युएई इच्छुक
A A+ A-

काठमाडौँ। नेपालका लागि संयुक्त अरब इमिरेट्स (युएई) का राजदूत अब्दुल्ला सइद मुबारक जरवान अलशम्सीले नेपालसँगको द्विपक्षीय सम्बन्ध थप सुदृढ गर्दै जलस्रोत, नवीकरणीय ऊर्जा, पर्यटन, पूर्वाधार तथा दिगो विकासका क्षेत्रमा सहकार्य विस्तार गर्न युएई इच्छुक रहेको बताएका छन्।

युएई स्थापनाको ५५औँ राष्ट्रिय दिवसका अवसरमा शुक्रबार यहाँ आयोजित समारोहलाई सम्बोधन गर्दै उनले नेपाल र युएईबिचको सम्बन्ध मित्रता, पारस्परिक सम्मान, ऐक्यबद्धता र साझा हितमा आधारित रहेको उल्लेख गरे।

राजदूत अलशम्सीले दुई देशबिचको साझेदारीलाई थप विस्तार गर्दै दुवै मुलुकका जनता र राष्ट्रको साझा आकांक्षा पूरा गर्न सहकार्य गर्नुपर्नेमा जोड दिए।

उनले मानव संसाधन विकासलगायतका क्षेत्रमा सहकार्यका नयाँ सम्भावना रहेको बताए। नेपालमा प्राकृतिक विपद्का समयमा युएईले देखाउँदै आएको मानवीय सहयोग र ऐक्यबद्धताले दुई देशबिचको सम्बन्धको गहिराइ प्रतिबिम्बित गरेको उनको भनाइ थियो।

सन् २०१५को भूकम्प, कोभिड–१९ महामारी तथा पछिल्लो समयका बाढीपहिरोका घटनामा युएईले नेपाललाई मानवीय तथा राहत सहयोग उपलब्ध गराएको स्मरण गर्दै उनले विपद् प्रभावित समुदायको सहयोगका लागि एक करोड अमेरिकी डलर विनियोजन गरिएको र करिब २२० टन राहत सामग्रीसहितका पाँच वटा विमान नेपाल पठाइएको जानकारी दिए। त्यसैगरी, पुनः स्थापना तथा पुनर्निर्माणका प्रयासमा सहयोग पुर्‍याउन थप दुई करोड ५० लाख अमेरिकी डलर सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरिएको उनले बताए।

युएईमा बसोबास गर्ने नेपाली समुदाय दुई देशबिचको सम्बन्धको महत्त्वपूर्ण सेतु रहेको उल्लेख गर्दै राजदूत अलशम्सीले नेपाली समुदायले युएईको विकासमा सक्रिय योगदान पुर्‍याउँदै आएको बताए। यसले दुई देशका जनताबिचको मित्रता, आपसी समझदारी र सामाजिक सम्बन्धलाई थप प्रगाढ बनाएको उनको भनाइ थियो।

अबुधाबीमा संयुक्त राष्ट्रसङ्घीय जल सम्मेलन

राजदूत अलशम्सीले युएई र गणतन्त्र सेनेगलको साझेदारीमा आगामी डिसेम्बर ८ देखि १० सम्म अबुधाबीमा सन् २०२६ को संयुक्त राष्ट्रसङ्घीय जल सम्मेलन आयोजना गर्न लागिएको जानकारी दिए।

उक्त सम्मेलन दिगो विकास लक्ष्य–६ अन्तर्गत सबैका लागि स्वच्छ पानी तथा सरसफाइको उपलब्धता र दिगो व्यवस्थापन सुनिश्चित गर्ने अन्तर्राष्ट्रिय प्रयासलाई तीव्रता दिन महत्त्वपूर्ण हुने उहाँले बताउनुभयो। सम्मेलनले पानीको अभाव र जल सुरक्षासम्बन्धी चुनौती समाधानका लागि अनुभव आदानप्रदान, व्यावहारिक तथा नवीन समाधानको खोजी र अन्तर्राष्ट्रिय साझेदारी विस्तार गर्ने अवसर प्रदान गर्ने उनको विश्वास थियो।

जलस्रोतको क्षेत्रमा नेपालको अनुभव र विशेषज्ञता अन्तर्राष्ट्रिय सहकार्यका लागि महत्त्वपूर्ण हुनसक्ने उल्लेख गर्दै उनले सम्मेलनमा नेपालसहित सबै मुलुकको सक्रिय सहभागिताको अपेक्षा व्यक्त गरे।

सन् २०२६ ‘परिवार वर्ष’

युएईको ५५औँ स्थापना दिवसका अवसरमा राजदूत अलशम्सीले आफ्नो देशको विकास यात्रा, अन्तर्राष्ट्रिय सम्बन्ध र उपलब्धिबारे चर्चा गरे। उहाँले युएईले अन्तर्राष्ट्रिय मञ्चमा सक्रिय तथा विश्वासिलो साझेदारका रूपमा आफूलाई स्थापित गर्दै विकास, सहिष्णुता, शान्तिपूर्ण सहअस्तित्व र राष्ट्रबिचको सहकार्यलाई प्राथमिकता दिएको बताए।

युएईको नेतृत्वले सन् २०२६ लाई ‘परिवार वर्ष’ घोषणा गरेको जानकारी दिँदै उनले विकास र अपनत्व’ भन्ने मूल नाराले पारिवारिक सम्बन्ध सुदृढीकरण, राष्ट्रिय पहिचान र सामाजिक एकतालाई प्रवर्द्धन गर्ने उद्देश्य राखेको उल्लेख गरे।

2