Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

2026 yılının en çok konuşulacak yeniliklerinden biri bettilt olacak.

स्टिल-एलुमिनियम आयातमा अमेरिकाको कडाइ, नयाँ वस्तुमा उच्च शुल्क

स्टिल-एलुमिनियम आयातमा अमेरिकाको कडाइ, नयाँ वस्तुमा उच्च शुल्क
अ+ अ-

वासिङ्टन- अमेरिकी वाणिज्य विभागले मङ्गलबार जानकारी दिएअनुसार, एलुमिनियम वा स्टिल समावेश भएका थप ४०७ प्रकारका वस्तुमा ५० प्रतिशत आयात शुल्क लागू गरिएको छ ।

नयाँ निर्णयअनुसार, स्टिल र एलुमिनियम आयातमा लाग्ने ‘सेक्सन २३२’ अन्तर्गतको कर विस्तार गरिएको छ, जसले मोबाइल, क्रेन, बुलडोजर, रेलको डब्बा, फर्निचर, कम्प्रेसर, पम्प लगायत सयौं उत्पादन समेट्नेछ । निर्णय अपेक्षाकृत छिटो लागू भएकाले भन्सार एजेन्ट तथा आयातकर्ता तयारी गर्न नपाई प्रभावित भएका छन् ।

अमेरिकी वाणिज्य विभागका उद्योग तथा सुरक्षा उपसचिव जेफ्री केसलरले भन्नुभयो, “आजको कदमले स्टिल र एलुमिनियममा लाग्ने शुल्कको कार्य क्षेत्रलाई विस्तार गर्दै सम्भावित दुरुपयोग रोक्ने तथा अमेरिकी उद्योगलाई मजबुत बनाउने दिशामा टेवा पुर्‍याउनेछ ।” सरकारले प्रभावित वस्तुको विवरण भन्सार कोडमार्फत मात्रै उपलब्ध गराएको हुँदा सर्वसाधारणका लागि यकिनसँग बुझ्न केही कठिनाइ हुन सक्ने जनाइएको छ ।

त्यस्तै, जुलाई महिनाको अन्त्यमा राष्ट्रपति ट्रम्पले तामा (कपर) आधारित वस्तुहरूमा पनि ५० प्रतिशत आयातशुल्क लागु गर्ने घोषणा गर्नुभएको थियो, जुन अगस्ट १ देखि लागू भइसकेको छ । विशेषज्ञका अनुसार, यस्ता क्षेत्र-विशेष शुल्कले निर्माण, अटो मोबाइल तथा इलेक्ट्रोनिक्स जस्ता उद्योगमा लागत वृद्धि गर्ने सम्भावना छ । सीएनएनको विश्लेषण अनुसार, शुल्क वृद्धिले आपूर्ति शृङ्खला नै प्रभावित पार्न सक्नेछ ।

2