Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel bettilt-guncel-girisi.com bahsegel bettiltguncel.com bettilt-app.pro bettilt bettilt-app.com bahsegel bahsegel bettilt bahsegel bahsegel bahsegel bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş

निजी क्षेत्रको उठ्ने इच्छाशक्तिमा सरकारको साथ

निजी क्षेत्रको उठ्ने इच्छाशक्तिमा सरकारको साथ
A A+ A-

काठमाडौँ- जेनजी आन्दोलनका क्रममा ठुलो क्षति बेहोरेको निजी क्षेत्रको पुनर्जागृत हुने इच्छाशक्तिलाई सरकारले पनि साथ दिने बताएको छ । आइतबार आफ्नो कार्यभार समालेपछिको पहिलो सार्वजनिक सम्बोधनमा प्रधानमन्त्री सुशीला कार्कीले निजी क्षेत्रलाई सरकारले साथ दिने बताउनुभएको हो ।

आन्दोलनका क्रममा भएको अवाञ्छित आक्रमण लुटपाट र आगजनीमा विदेशी लगानीका चेन होटेल, स्वदेशी ठुला लगानीकर्ताका उद्योग व्यापारिक केन्द्रदेखि साना सटरमा हुने व्यवसायसमेत खरानी पारिएका छन् । यस्तो परिस्थितिमा पनि निजी क्षेत्रले हरेस नमानेको भन्दै प्रशंसासमेत गर्नुभयो ।

“मैले पत्रिकामा पढेँ निजी क्षेत्रले हिम्मत हारेको छैन, हामी हार्दैनौँ भन्नुभएको रहेछ,” उहाँले भन्नुभयो, “निजी क्षेत्रको सम्पत्ति डढाइएको छ, कतिपय व्यवसायी उठ्नै नसक्ने अवस्थामा छन् । निजी क्षेत्रमा भएको क्षतिको आकलन गरी सफ्ट लोनदेखि अन्य सहयोग सरकारले गर्ने छ ।” सम्बोधनका क्रममा उहाँले भन्नुभयो, “निजी क्षेत्रलाई जसरी उभिन्छौ उभिऔ भन्न मिल्दैन ।” “उहाँहरूलाई कसरी उठाउने भन्नेमा हामी सोच्छौँ,” उहाँले भन्नुभयो, “बैङ्कको सफ्ट लोन दिने अथवा केही अन्य सहयोग गरेर हुन्छ, हामी सहयोग गर्छौं । साना साना व्यापारी पनि लुटिएका छन् ।”

सरकार र जनता सबै विषम आर्थिक परिस्थितिमा रहेको भन्दै उहाँले निर्माणमा सबैले आफ्ना प्रयासलाई केन्द्रित गराउनुपर्ने उहाँले उल्लेख गर्नुभयो ।

केही व्यवसायीले पीडाका बिच पनि सार्वजनिक सम्पत्ति पुनस्र्थापनामा सरकारलाई सहयोग गर्ने प्रतिबद्धता जनाएको सुन्न पाउँदा खुसी लागेको समेत उहाँले बताउनुभयो ।

2