Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

2026 yılının en çok konuşulacak yeniliklerinden biri bettilt olacak.

कार्बन उत्सर्जन न्यूनीकरणबापत चौरानब्बे लाख अमेरिकी डलर प्राप्त

कार्बन उत्सर्जन न्यूनीकरणबापत चौरानब्बे लाख अमेरिकी डलर प्राप्त
अ+ अ-

काठमाडौँ- नेपालले तराईको वन प्रणालीबाट कार्बन उत्सर्जन न्यूनीकरण गरेबापत ९४ लाख अमेरिकी डलर प्राप्त गरेको छ । नेपालले लगभग १८ लाख ८० हजार टन कार्बन डाइअक्साइड घटाएबापत विश्व बैङ्कको वन कार्बन साझेदारी सुविधा (एफसिपिएफ) मार्फत उक्त भुक्तानी प्राप्त गरेको विश्व बैङ्कले जनाएको छ ।

यो कार्बन उत्सर्जन न्यूनीकरण भुक्तानी सम्झौता अन्तर्गत पहिलो भुक्तानी हो । वन फँडानी र वन क्षयीकरण कम गरेर कार्बन उत्सर्जन घटाउने र समावेशी, दिगो वन व्यवस्थापनलाई प्रवर्धन गर्ने नेपालको प्रयासमा प्रमुख कोसेढुङ्गा रहेको विज्ञप्तिमा उल्लेख छ ।

मालदिभ्स, नेपाल र श्रीलङ्काका लागि विश्व बैङ्कका निर्देशक डेभिड सिस्लेनले यो भुक्तानी नेपालले वन फँडानी घटाउने, वन प्रशासन सुदृढ गर्ने, जैविक विविधता संरक्षण बढाउने र स्थानीय समुदायका लागि दिगो जीविकोपार्जनका अवसर विस्तार गर्ने सफलताको प्रमाण रहेको बताउनुभयो ।

वन तथा वातावरण मन्त्रालयका सचिव डा. राजेन्द्रप्रसाद मिश्रले यो परिणाममा आधारित भुक्तानीले हाम्रा वनमा आश्रित समुदाय, आदिवासी जनजाति र सरकारको हाम्रो वन संरक्षण र व्यवस्थापनमा प्रयास र समर्पणलाई प्रतिविम्बित गरेको बताउनुभयो ।

2