Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

2026 yılının en çok konuşulacak yeniliklerinden biri bettilt olacak.

नेपाल–बङ्गलादेश सहकार्य विस्तार गर्ने सहमति

नेपाल–बङ्गलादेश सहकार्य विस्तार गर्ने सहमति
अ+ अ-

काठमाडौँ- नेपाल र बङ्गलादेशबिच विद्युत् उत्पादन तथा व्यापारलाई थप विस्तारित गर्न दुई देशसम्बद्ध सचिवबिच सहमति भएको छ ।

बुधबार र बिहीबार बङ्गलादेशमा सम्पन्न नेपाल–बङ्गलादेश सचिवस्तरीय बैठकमा नेपालबाट बङ्गलादेश निर्यात हुने विद्युत् परिमाण विस्तारदेखि जलविद्युत् आयोजना निर्माण, प्रसारण लाइन संरचना विस्तारलगायतका विषयमा सहमति भएको ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले जनाएको छ ।

बिहीबार नेपाल–बङ्गलादेश ऊर्जा सचिवस्तरीय संयुक्त निर्देशक समितिको सातौँ बैठक बसेको थियो । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सचिव चिरञ्जीवी चटौत तथा बङ्गलादेश सरकारको विद्युत्, ऊर्जा तथा खनिज मन्त्रालयका सचिव फर्जाना ममताजको सहअध्यक्षतामा बङ्गलादेशको ढाकामा सम्पन्न बैठकले विभिन्न छ बुँदामा सहमति गरेको हो ।

सहमति अनुसार नेपालबाट हालसम्म ४० मेगावाट विद्युत् निर्यात हुँदै आएकोमा आगामी वर्ष थप २० मेगावाट बिजुली बङ्गलादेशले नेपालबाट खरिद गर्ने छ ।

नेपाल, भारत र बङ्गलादेशबिच हरेक वर्ष जुन १५ देखि नोभेम्बर १५ सम्म पाँच वर्षका लागि ४० मेगावाट विद्युत् निर्यात गर्ने सम्झौता भई कार्यान्वयनमा आइसकेको छ । अहिले यही सम्झौता अनुसार २० मेगावाट निर्यात थप गर्ने सहमति भएको जनाइएको छ ।

यसअघि बुधबार ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सहसचिव सन्दीपकुमार देव तथा जनगणतान्त्रिक बङ्गलादेश सरकारको विद्युत्, ऊर्जा तथा खनिज मन्त्रालयका अतिरिक्त सचिव केएम अली रेजाको सहअध्यक्षतामा संयुक्त कार्यदलको बैठकले विभिन्न विषयवस्तु सचिवस्तरीय बैठकका लागि एजेन्डाका रूपमा तय गरेको थियो ।

सचिवस्तरीय बैठकमा सुनकोशी–३ जलविद्युत् आयोजनाको लगानी प्रक्रिया अगाडि बढाउन बङ्गलादेशले आयोजना मूल्याङ्कनका लागि विशेषज्ञ समिति गठन गरी लगानी प्रक्रियालाई अघि बढाउने र संयुक्त लगानीको मोडालिटी टुङ्ग्याउने पनि सहमति भएको छ । काभ्रे र रामेछापको सिमाना क्षेत्रमा निर्माण प्रस्ताव गरिएको ६८३ मेगावाट क्षमताको सो आयोजना विकासका लागि बङ्गलादेशका उच्च सरकारी अधिकारीले तीन वर्षपहिले नै स्थलगत अवलोकनसमेत गरेका थिए । २०७५ सालदेखि नै सो आयोजनामा बङ्गलादेशको लगानी भित्र्याउने विषयमा औपचारिक छलफल चल्दै आएको थियो ।

बिहीबारको बैठकले नेपालबाट भारतीय प्रसारण संरचना प्रयोग गर्दै बरापुरारया, पञ्चगढ, ठाकुरगाउँ, भरमारा र कोमिल्लासम्म प्रसारण लाइनमार्फत विद्युत् निर्यात गर्न आवश्यक अध्ययन पनि गर्ने सहमति गरेको छ । त्यस्तै गरी नवीकरणीय ऊर्जा तथा ऊर्जा दक्षता प्रवर्धन गर्नेसम्बन्धी समझदारीपत्रमा आआफ्नो आन्तरिक प्रक्रिया पूरा गरी हस्ताक्षर गर्ने सहमति भएको छ । त्यस्तै गरी बङ्गलादेशले नेपाललाई सौर्य ऊर्जा, विद्युतीय सवारी चार्जिङ स्टेसन जस्ता क्षेत्रमा प्राविधिक सहायता प्रदान गर्ने सहमति भएको छ । बैठकले नेपाल, भारत र बङ्गलादेशबिच ऊर्जा क्षेत्रमा सहकार्य गर्नेसम्बन्धी समझदारीपत्रमा भारतको सहमति लिन दुवै देशले संयुक्त रूपमा प्रयास गर्ने निर्णय गरेको मन्त्रालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

2