काठमाडौँ- नेपाल राष्ट्र बैंकले आज (बुधबार) का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । आजका लागि निर्धारित विनिमयदर अनुसार अमेरिकी डलरको मूल्य सामान्य घटेको छ । निर्धारण गरिएको विनिमयदर अनुसार अमेरिकी डलर एकको खरिददर १४३ रुपियाँ ३७ पैसा र बिक्रीदर १४३ रुपियाँ ९७ पैसा कायम भएको छ ।
यस्तै, युरोपियन युरो एकको खरिददर १६८ रुपियाँ ७७ पैसा र बिक्रीदर १६९ रुपियाँ ४७ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १९३ रुपियाँ ७६ पैसा र बिक्रीदर १९४ रुपियाँ ५७ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १८१ रुपियाँ ८० पैसा र बिक्रीदर १८२ रुपियाँ ५६ पैसा कायम गरिएको छ ।
अस्ट्रेलियन डलर एकको खरिददर ९६ रुपियाँ ११ पैसा र बिक्रीदर ९६ रुपियाँ ५१ पैसा, क्यानेडियन डलर एकको खरिददर १०४ रुपियाँ ६९ पैसा र बिक्रीदर १०५ रुपियाँ १३ पैसा, सिङ्गापुर डलर एकको खरिददर १११ रुपियाँ ८० पैसा र बिक्रीदर ११२ रुपियाँ २७ पैसा तोकिएको छ ।
जापानी येन १० को खरिददर नौ रुपियाँ २० पैसा र बिक्रीदर नौ रुपियाँ २४ पैसा, चिनियाँ युआन एकको खरिददर २० रुपियाँ ५१ पैसा र बिक्रीदर २० रुपियाँ ६० पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३८ रुपियाँ २३ पैसा र बिक्रीदर ३८ रुपियाँ ३९ पैसा, कतारी रियाल एकको खरिददर ३९ रुपियाँ ३३ पैसा र बिक्रीदर ३९ रुपियाँ ५० पैसा कायम भएको छ ।
केन्द्रीय बैंकका अनुसार थाइ भाट एकको खरिददर चार रुपियाँ ५६ पैसा र बिक्रीदर चार रुपियाँ ५८ पैसा, युएई दिराम एकको खरिददर ३९ रुपियाँ ०४ पैसा र बिक्रीदर ३९ रुपियाँ २० पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३५ रुपियाँ ४३ पैसा र बिक्रीदर ३५ रुपियाँ ५७ पैसा, साउथ कोरियन वन १०० को खरिददर ९ रुपियाँ ९४ पैसा र बिक्रीदर ९ रुपियाँ ९८ पैसा, स्वीडिस क्रोनर एकको खरिददर १५ रुपियाँ ६० पैसा र बिक्रीदर १५ रुपियाँ ६७ पैसा र डेनिस क्रोनर एकको खरिददर २२ रुपियाँ ६० पैसा र बिक्रीदर २२ रुपियाँ ६९ पैसा तोकिएको छ ।
राष्ट्र बैंकले हङकङ डलर एकको खरिददर १८ रुपियाँ ४२ पैसा र बिक्रीदर १८ रुपियाँ ५० पैसा, कुवेती दिनार एकको खरिददर ४६५ रुपियाँ ८२ पैसा र बिक्रीदर ४६७ रुपियाँ ७७ पैसा, बहराइन दिनार एकको खरिददर ३८० रुपियाँ २६ पैसा र बिक्रीदर ३८१ रुपियाँ ८५ पैसा, ओमनी रियाल एकको खरिददर ३७२ रुपियाँ ८७ पैसा र बिक्रीदर ३७४ रुपियाँ ४३ पैसा रहेको छ । यस्तै, भारतीय रुपियाँ एक सयको खरिददर १६० रुपियाँ र बिक्रीदर १६० रुपियाँ १५ पैसा तोकिएको छ ।
राष्ट्र बैंकले यो विनिमयदरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैंकले तोक्ने विनिमयदर भने फरक हुनसक्ने र अद्यावधिक विनिमयदर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ ।