काठमाडौँ- नेपाली बजारमा आज सुनचाँदीको मूल्य बढेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन मूल्य प्रतितोला तिन हजार छ सय रूपैयाँले बढेर २ लाख ६८ हजार १ सय रुपियाँमा कारोबार भइरहेको छ। यसअघि सुनको मूल्य बढेर २ लाख ७० हजार ६ सयसम्म पुगेको थियो।
त्यस्तै, आज चाँदीको मूल्य पनि १९५ रुपैयाँले बढेको छ । चाँदी आज प्रतितोला ४ हजार ८८० सय रुपैयाँमा कारोबार भइरहेको छ।