काठमाडौं। बुधबार सुनको मूल्य प्रतितोला १६ सयले घटेको छ । आज सुनको कारोबार प्रतितोला १ लाख ८९ हजार ३ सय रुपैयाँमा भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । हिजो पनि २ सयले घटेको सुनको कारोबार प्रतितोला १ लाख ९० हजार ९ सयमा भएको थियो । आज चाँदीको भाउ भने बढेको छ । अघिल्लो दिन प्रतितोला १ हजार ९९५ रुपैयाँमा कारोबार भएको चाँदी आज १० रुपैयाँले बढ्दै प्रतितोला २ हजार ५ रुपैयाँमा कारोबार भईरहेको छ ।