Logo

एक तोला सुनको मूल्य तीन लाख नौ हजार तीन सय

अ+ अ-

काठमाडौँ- स्थानीय बजारमा आज पनि सुनचाँदीको मूल्यले कीर्तिमान कायम गरेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला छापावाल सुनको मूल्य रु. तीन लाख नौ हजार ३०० त्यति नै चाँदीको मोल रु. छ हजार ८७० कायम भएको छ ।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार आज अन्तर्राष्ट्रिय बजारमा एक औँस सुन पाँच हजार ७३ र त्यति नै परिमाणको सेतो धातु १०९ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।