काठमाडौँ- नेपाल राष्ट्र बैंकले ससोमबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारण गरिएको विनिमयदर अनुसार अमेरिकी डलर एकको खरिददर १४६ रुपियाँ ८८ पैसा र बिक्रीदर १४७ रुपियाँ ४८ पैसा तोकिएको छ ।
त्यसैगरी युरोपियन युरो एकको खरिददर १७४ रुपियाँ ०५ पैसा र बिक्रीदर १७४ रुपियाँ ७६ पैसा, युके पाउण्ड स्टर्लिङ एकको खरिददर २०१ रुपियाँ ०७ पैसा र बिक्रीदर २०१ रुपियाँ ८९ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १८९ रुपियाँ ९६ पैसा र बिक्रीदर १९० रुपियाँ ७४ पैसा कायम गरिएको छ ।
अस्ट्रलियन डलर एकको खरिददर १०२ रुपियाँ २५ पैसा र बिक्रीदर १०२ रुपियाँ ६७ पैसा, क्यानेडियन डलर एकको खरिददर १०७ रुपियाँ ८७ पैसा र बिक्रीदर १०८ रुपियाँ ३१ पैसा, सिङ्गापुर डलर एकको खरिददर ११५ रुपियाँ ४४ पैसा र बिक्रीदर ११५ रुपियाँ ९१ पैसा तोकिएको छ ।
जापानी येन १० को खरिददर नौ रुपियाँ ४९ पैसा र बिक्रीदर नौ रुपियाँ ५३ पैसा, चिनियाँ युआन एकको खरिददर २१ रुपियाँ १३ पैसा र बिक्रीदर २१ रुपियाँ २१ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३९ रुपियाँ १६ पैसा र बिक्रीदर ३९ रुपियाँ ३२ पैसा, कतारी रियाल एकको खरिददर ४० रुपियाँ ३० पैसा र बिक्रीदर ४० रुपियाँ ४७ पैसा कायम भएको छ ।
केन्द्रीय बैंकका अनुसार थाइ भाट एकको खरिददर चार रुपियाँ ६५ पैसा र बिक्रीदर चार रुपियाँ ६७ पैसा, युएई दिराम एकको खरिददर ३९ रुपियाँ ९९ पैसा र बिक्रीदर ४० रुपियाँ १६ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३७ रुपियाँ २६ पैसा र बिक्रीदर ३७ रुपियाँ ४१ पैसा, साउथ कोरियन वन १०० को खरिददर १० रुपियाँ १२ पैसा र बिक्रीदर १० रुपियाँ १७ पैसा, स्वीडिस क्रोनर एकको खरिददर १६ रुपियाँ ४६ पैसा र बिक्रीदर १६ रुपियाँ ५२ पैसा र डेनिस क्रोनर एकको खरिददर २३ रुपियाँ ३१ पैसा र बिक्रीदर २३ रुपियाँ ४० पैसा तोकिएको छ ।
राष्ट्र बैंकले हङकङ डलर एकको खरिददर १८ रुपियाँ ८० पैसा र बिक्रीदर १८ रुपियाँ ८७ पैसा, कुवेती दिनार एकको खरिददर ४८१ रुपियाँ १० पैसा र बिक्रीदर ४८३ रुपियाँ ०७ पैसा, बहराइन दिनार एकको खरिददर ३८९ रुपियाँ ६० पैसा र बिक्रीदर ३९१ रुपियाँ १९ पैसा, ओमनी रियाल एकको खरिददर ३८२ रुपियाँ र बिक्रीदर ३८३ रुपियाँ ५६ पैसा रहेको छ । यस्तै, भारतीय रुपियाँ एक सयको खरिददर १६० रुपियाँ र बिक्रीदर १६० रुपियाँ १५ पैसा तोकिएको छ ।
राष्ट्र बैंकले यो विनिमयदरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैंकले तोक्ने विनिमयदर भने फरक हुनसक्ने र अद्यावधिक विनिमयदर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ ।