Logo

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

अ+ अ-

काठमाडौँ- नेपाल राष्ट्र बैङ्कले बिहीबारका लागि विदेशी मुद्राको सटहीदर निर्धारण गरेको छ । केन्द्रीय बैङ्कका अनुसार आज अमेरिकी डलर एकको खरिददर १४४ रूपियाँ ४० पैसा र बिक्रीदर १४५ रूपियाँ कायम भएको छ । युरोपियन युरो एकको खरिददर १७० रूपियाँ ५१ पैसा र बिक्रीदर १७१ रूपियाँ २२ पैसा रहने छ ।

यस्तै, आज पाउन्ड स्टर्लिङ एकको खरिददर १९७ रूपियाँ ९१ पैसा र बिक्रीदर १९८ रूपियाँ ७३ पैसा, स्विस फ्य्राङ्क एकको खरिददर १८५ रूपियाँ ८९ पैसा र बिक्रीदर १८६ रूपियाँ ६६ पैसा कायम गरिएको छ ।

अस्ट्रेलियन डलर एकको खरिददर १०१ रूपियाँ २८ पैसा र बिक्रीदर १०१ रूपियाँ ७० पैसा, क्यानेडियन डलर एकको खरिददर १०५ रूपियाँ ६१ पैसा र बिक्रीदर १०६ रूपियाँ ०५ पैसा, सिङ्गापुर डलर एकको खरिददर ११३ रूपियाँ ५० पैसा र बिक्रीदर ११३ रूपियाँ ९८ पैसा निर्धारण गरिएको छ ।

यस्तै, जापानी येन १० को खरिददर नौ रूपियाँ २१ पैसा र बिक्रीदर नौ रूपियाँ २५ पैसा तोकिएको छ । चिनियाँ युआन एकको खरिददर २० रूपियाँ ८० पैसा र बिक्रीदर २० रूपियाँ ८९ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३८ रूपियाँ ५१ पैसा र बिक्रीदर ३८ रूपियाँ ६७ पैसा, कतारी रियाल एकको खरिददर ३९ रूपियाँ ६२ पैसा र बिक्रीदर ३९ रूपियाँ ७८ पैसा कायम भएको छ ।

केन्द्रीय बैङ्कका अनुसार थाई भाट एकको खरिददर चार रूपियाँ ५६ पैसा र बिक्रीदर चार रूपियाँ ५८ पैसा, युएई दिराम एकको खरिददर ३९ रूपियाँ ३१ पैसा र बिक्रीदर ३९ रूपियाँ ४८ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३६ रूपियाँ ७२ पैसा र बिक्रीदर ३६ रूपियाँ ८८ पैसामा विनिमय हुनेछ ।

साउथ कोरियन वन १०० को खरिददर नौ रूपियाँ ९१ पैसा र बिक्रीदर नौ रूपियाँ ९५ पैसा, स्विडिस क्रोनर एकको खरिददर १६ रूपियाँ १० पैसा र बिक्रीदर १६ रूपियाँ १७ पैसा र डेनिस क्रोनर एकको खरिददर २२ रूपियाँ ८३ पैसा र बिक्रीदर २२ रूपियाँ ९३ पैसा तोकिएको छ ।

त्यस्तै, हङकङ डलर एकको खरिददर १८ रूपियाँ ४९ पैसा र बिक्रीदर १८ रूपियाँ ५६ पैसा, कुवेती दिनार एकको खरिददर ४७२ रूपियाँ ७५ पैसा र बिक्रीदर ४७४ रूपियाँ ७१ पैसा, बहराइन दिनार एकको खरिददर ३८३ रूपियाँ ०३ पैसा र बिक्रीदर ३८४ रूपियाँ ६२ पैसा, ओमनी रियाल एकको खरिददर ३७५ रूपियाँ ०९ पैसा र बिक्रीदर ३७६ रूपियाँ ६५ पैसा रहेको छ । भारतीय रूपियाँ १०० को खरिददर १६० रूपियाँ र बिक्रीदर १६० रूपियाँ १५ पैसा तोकिएको छ ।