Logo

सुनको मूल्य बढ्यो, चाँदीको घट्यो

अ+ अ-

नेपाली बजारमा सुनको मूल्य बढेको छ । आज सुन प्रतितोला ९०० रुपैयाँले बढेको छ भने चाँदी तोलामा १० रुपैयाँले घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला ३ लाख ५ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ । सोमबारको बजारमा सुन प्रतितोला ३ लाख ४ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै, आज चाँदी तोलामा १० रुपैयाँले घटेको छ । आजको बजारमा चाँदी प्रतितोला ५ हजार २४० रुपैयाँमा खरिदबिक्री भइरहेको छ । सोमबारको बजारमा चाँदी तोला ५ हजार २५० रुपैयाँमा खरिदबिक्री भएको थियो ।