काठमाडौँ- नेपाल राष्ट्र बैङ्कले बिहीबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारित विनिमयदरअनुसार अमेरिकी डलर एकको खरिददर १४४ रुपियाँ ८३ पैसा र बिक्रीदर १४५ रुपियाँ ४३ पैसा तोकिएको छ ।
यस्तै, युरोपियन युरो एकको खरिददर १७२ रुपियाँ ५५ पैसा र बिक्रीदर १७३ रुपियाँ २७ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १९८ रुपियाँ ४५ पैसा र बिक्रीदर १९९ रुपियाँ २७ पैसा, स्विस फ्र्याङ्क एकको खरिददर १८९ रुपियाँ नौ पैसा र बिक्रीदर १८९ रुपियाँ ८७ पैसा कायम गरिएको छ ।
यस्तै, अस्ट्रेलियन डलर एकको खरिददर १०३ रुपियाँ १३ पैसा र बिक्रीदर १०३ रुपियाँ ५६ पैसा, क्यानेडियन डलर एकको खरिददर १०७ रुपियाँ १९ पैसा र बिक्रीदर १०७ रुपियाँ ६३ पैसा, सिङ्गापुर डलर एकको खरिददर ११४ रुपियाँ ७८ पैसा र बिक्रीदर ११५ रुपियाँ २६ पैसा तोकिएको छ ।
यस्तै, जापानी येन १० को खरिददर नौ रुपियाँ ४४ पैसा र बिक्रीदर नौ रुपियाँ ४८ पैसा, चिनियाँ युआन एकको खरिददर २० रुपियाँ ९६ पैसा र बिक्रीदर २१ रुपियाँ ५ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३८ रुपियाँ ६२ पैसा र बिक्रीदर ३८ रुपियाँ ७८ पैसा, कतारी रियाल एकको खरिददर ३९ रुपियाँ ६३ पैसा र बिक्रीदर ३९ रुपियाँ ७९ पैसा कायम भएको छ ।
राष्ट्र बैङ्कका अनुसार थाई भाट एकको खरिददर चार रुपियाँ ६७ पैसा र बिक्रीदर चार रुपियाँ ७६९ पैसा, युएई दिराम एकको खरिददर ३६ रुपियाँ ९९ पैसा र बिक्रीदर ३७ रुपियाँ १५ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३६ रुपियाँ ९९ पैसा र बिक्रीदर ३७ रुपियाँ १५ पैसा, साउथ कोरियन वन १०० को खरिददर ९ रुपियाँ ९९ पैसा र बिक्रीदर १० रुपियाँ ३ पैसा, स्विडिस क्रोनर एकको खरिददर १६ रुपियाँ ३५ पैसा र बिक्रीदर १६ रुपियाँ ४२ पैसा र डेनिस क्रोनर एकको खरिददर २३ रुपियाँ १० पैसा र बिक्रीदर २३ रुपियाँ २० पैसा कायम गरिएको छ ।
राष्ट्र बैङ्कले हङकङ डलर एकको खरिददर १८ रुपियाँ ५३ पैसा र बिक्रीदर १८ रुपियाँ ६० पैसा, कुवेती दिनार एकको खरिददर ४७४ रुपियाँ ७७ पैसा र बिक्रीदर ४७६ रुपियाँ ७४ पैसा, बहराइन दिनार एकको खरिददर ३८४ रुपियाँ १४ पैसा र बिक्रीदर ३८५ रुपियाँ ७४ पैसा, ओमनी रियाल एकको खरिददर ३७६ रुपियाँ २१ पैसा र बिक्रीदर ३७७ रुपियाँ ७६ पैसा रहेको छ ।
भारतीय रुपियाँ एक सयको खरिददर १६० रुपियाँ र बिक्रीदर १६० रुपियाँ १५ पैसा तोकिएको छ । राष्ट्र बैङ्कले यो विनिमयदरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैङ्कले तोक्ने विनिमयदर भने फरक हुनसक्ने र अद्यावधिक विनिमयदर केन्द्रीय बैङ्कको वेबसाइटमा हेर्न सकिनेछ ।